
नेत्र पान्डे , पाल्पा
पाल्पा— तानसेन नगरपालिका(१४, अर्गलि ९साबिक ३ रनुवा, साचा० मा डेरा गरी बस्ने एक मजदुरको हत्या भएको छ। प्रहरीले हत्या आरोपमा सोही स्थानका माधव विष्टलाई पक्राउ गरेको छ।
पक्राउ परेका विष्टको घरमा डेरा गरी बस्ने रिब्दीकोट गाउँपालिका(१, जोगिथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी बुधबार बिहान मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार बुढाथोकीको निधार र नाकमा चोट लागेको थियो भने सुत्ने खाटमा समेत रगत देखिएको थियो।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायव उपरीक्षक ९डीएसपी० सुनिल मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। बुढाथोकी मजदुरी गर्दै आएका थिए। हत्या किन र कसरी भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ।
यो घटनाले तानसेन क्षेत्रमा सुरक्षा व्यवस्थाप्रति चिन्ता बढाएको छ। स्थानीयबासीले अपराधीलाई कडा कारबाही गर्न माग गरेका छन्।

