ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

माइती नेपालद्वारा मानवबेचबिखनमा परेका १ सय ८८ जनाको उद्धार

लुम्बिनी दर्पण २०८१ माघ २६, शनिबार १४:०५
[sharethis-inline-buttons]

माइती नेपाल आवधिक गृह भैरहवाले एक वर्षको अवधिमा १ सय ८८ जनाको उद्धार गरेको छ। माइती नेपाल भैरहवाले सन् २०२४ मा १ सय ८८ जना महिला र बालबालिकालाई उद्धार गरेको हो। शुक्रबार भैरहवामा वार्षिक कार्यप्रगति सार्वजनिक गर्दै माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले भारतका विभिन्न स्थानबाट १३ जनाको उद्धार गरिएको जानकारी दिइन्।

सीमा नाकाबाट उद्धार गरिएकामध्ये ३३ जना रुपन्देही जिल्लाका छन्। जसमा सिद्धार्थनगर नगरपालिकाका ३, तिलोत्तमा नगरपालिकाका ४, बुटवल उपमहानगरपालिकाका ४, सैनामैना नगरपालिका ६, ओमसतिया गाउँपालिका र देवदह नगरपालिकाका ३÷३, सम्मरीमाई, रोहिणी र कञ्चन गाउँपालिकाका २र२ जना छन्।त्यस्तै मर्चवारी, सियारी, गैडहवा गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाका १र१ जनालाई उद्धार गरिएको प्रमुख क्षेत्रीले बताइन्। उद्धार गरिएकामा मायादेवी र शुद्धोधन गाउँपालिकाबाहेक सबै पालिकाका छन्।
माइती नेपालले बेलहिया नाकामा राखिएको परामर्श केन्द्रबाट ६ हजार ४५ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा रहेको परामर्श केन्द्रबाट १ हजार ९० जनालाई परामर्श दिइएको उनले बताइन्।
उनका अनुसार, खोजतलासका लागि २६ जनाले निवेदन दिएकोमा ३ जना फेला परेका छन्। एक वर्षको अवधिमा ५ हजार ९ सय २७ थान पर्चा÷पम्पलेट वितरण गरिएको उनले बताइन्। ‘आफू घरेलू हिंसामा परेको भनी ११ जनाले निवेदन दिएका छन्,’ उनले भनिन्। ‘४ हजार १ सय ९ वटा सार्वजनिक यातायातमा सीमा नाकामा बेचबिखनको जोखिममा पर्ने सम्भावनामा रहेका यात्रुको चेकजाँच गरिएको छ।’

दलालहरूले विभिन्न खालका लोभलालच र प्रलोभन देखाएर महिला र बालबालिकालाई लैजाँदै गर्दा, इलाका प्रहरी कार्यालय बेलहियाको सहयोग र समन्वयमा उनीहरूलाई रोक्न र परिवारसँग सम्पर्क गराउने काम भइरहेको प्रमुख क्षेत्रीले बताइन्। ‘त्यसरी रोक्दै गर्दा पनि र त्यहाँबाट क्रस गरेर भारतका विभिन्न शहरमा रहेका देह व्यापार केन्द्रमा बेचबिखनमा परेका महिला तथा बालबालिकाहरुलाई माइती नेपालले उद्धार गरेर स्वदेश फर्काउने काम गर्दै आएको छ,’ उनले भनिन्।माइती नेपालले भारतमा पनि आफ्नो कार्यालय स्थापना गरेको छ। भारतमा रहेको कार्यालयमार्फत पनि त्यहाँका प्रहरी प्रशासनसँग समन्वय गर्दै देह व्यापार केन्द्रमा अनुगमन गरी महिला तथा बालबालिकालाई उद्धार गर्दै आएको छ। अधिकांश महिला तथा बालबालिका आफ्नै आफन्त र चिनेजानेकाबाट बेचबिखनमा पर्ने गरेको उनले बताइन्। ‘उद्धार गरिएपछि ती महिला तथा बालबालिकाका अभिभावकले आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पठाएको बताएपछि बेचबिखनमा संलग्न व्यक्तिहरु कानूनी दायरामा आउन सकेका छैनन्,’ उनले भनिन्। ‘मानव बेचबिखनमा संलग्न गिरोह भारतमा बस्दै आएको पाइएको छ।’विदेशमा राम्रो रोजगारी लगाइदिने, सामाजिक सञ्जालबाट माया प्रेममा परेर विवाह गर्ने र घरेलु हिंसाका कारण महिला तथा बालबालिकाहरू जोखिममा पर्ने गरेका छन्।

 


प्रकाशित : २०८१ माघ २६, शनिबार १४:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech