प्रधानमन्त्री ओली आज दाङ आउदै, लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन । आज बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।
बिहान साढे ११ बजे प्रदेशसभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेगरि बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गरेका थिए । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम निमन्त्रणा गरिएको थियो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।


प्रकाशित : २०८१ फाल्गुन ५, सोमबार ११:२१