
रुपन्देही जिल्लाका विभिन्न स्थानहरूमा भएका चोरी घटनासम्बन्धी अनुसन्धानको क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देही तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित टोलीले विशेष अनुसन्धानपछि उनीहरूलाई चोरीका सामग्रीसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमा रुपन्देहीको कोटहीमाई गाउँपालिका २ का २५ वर्षीय रामनारायण यादव, सिद्धार्थनगर नगरपालिका ५ का २८ वर्षीय प्रदीप कान्दु, भारतको महाराजगञ्ज जिल्लाका १८ वर्षीय शैलेश दुसाद, २३ वर्षीय पंकज सिंह र ३३ वर्षीय राहुल कुमार जैसवाल रहेका छन्।
प्रहरीले १४ .१ तोला सुनजस्तो देखिने पहेँलो धातुको डल्ला, ११ तोला ५३ लाल तौलको चाँदीजस्तो देखिने पाउजु, भारतीय रुपैयाँ २४ हजार ३९० रुपैयाँ, नेपाली रुपैयाँ तीन हजार ५०० र विभिन्न कम्पनीका चारवटा मोबाइल फोन बरामत गरेको जिल्ला प्रहरी रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनले जाकारी दिए ।

