अमेरिका पठाइदिन्छु भन्दै साढे चार लाख ठगी गर्ने एक जना युवति पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शर्मिला बिष्ट पक्राउ परेकी छन् ।
उदयपुर वेलका नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३२ वर्षीया विष्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै एकजनाबाट चार लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
शर्मिलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


प्रकाशित : २०८१ फाल्गुन ६, मंगलवार १५:०९