ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

Lumbini Darpan 2 २०८२ बैशाख १९, शुक्रबार १७:१५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको चार नम्बर जितपुरमा सम्पन्न जिल्ला स्तरिय ‘प्रथम पुरुष डबल्स खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ २०८२ भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलवस्तुद्धारा बुद्ध रंगशालाको कबर्ड हलमा आयोजित सम्पन्न प्रतियोगितामा विभिन्न विधाका पुरस्कार सहित जिल्लाका सहभागी सम्पुर्ण खेलाडीहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएको संघका जिल्ला अध्यक्ष कमल क्षेत्रीले बताउनुभएको छ ।

जस अन्तर्गत खुल्ला तर्फ रोशन हिस्की मगर र गिरी बहादुर रानाको टिम प्रथम हुन सफल भएको छ यो संगै उक्त टिमले पुरस्कार स्वरुप नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै खुल्ला तर्फबाट बिन्जन बस्नेत र जितेन घिमिरेको टिम द्धितीय भएको छ जस्ले नगद रु १० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै खुल्ला तर्फै लक्ष्मण थापा र सुरेन्द्र गाहा तथा रितेश थापा र सुबिन श्रेष्ठको टिम तृतीय भएका छन् दुवै तृतीय टिमलाई पुरस्कार स्वरुप नगद रु २५००/२५०० शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

यता भेट्रान्स (४० बर्ष उमेर समुह भन्दा माथि) तर्फ रितेश थापा र संजय गुरुङको टिम प्रथम हुन सफल भएको छ जुन टिमलाई पुरस्कार स्वरुप नगद रु १५ हजार शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । भेट्रान्स (४० बर्ष उमेर समुह भन्दा माथि) तर्फ शक्ति सिंह ठकुरी र हेम बहादुर थापाको टिम द्धितीय भएको छ जसलाई पुरस्कार स्वरुप नगर रु ८ हजार शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै दिपक शिरिष र महेन्द्र थापा तथा अशोक श्रेष्ठ र सन्दिप श्रेष्ठको टिम तृतीय भएको छ दुवै तृतीय टिमलाई पुरस्कार स्वरुप नगद रु २/२ हजार प्रदान गरिएको छ ।

उक्त प्रतियोगितामा खुल्ला र भेट्रान्स गरि कपिलवस्तु जिल्लाका ३२ टिमको सहभागीता रहेको थियो । १६ बर्ष उमेर समुह भन्दा तलका खेलाडीहरुले आफुहरुलाई राष्ट्रिय खेलहरुमा खेल प्रदर्शनका लागि आवश्यक तालिमको आवश्यता रहेको जस्का लागि कुनै पनि निकायले पहल नगरेको भन्दै नेपाल खेलकुद महासंघ कपिलवस्तुसंग गुनासो गरेका थिए भने आगामी दिनमा खेलाडीहरुको मनोभावना अनुसार काम गर्ने संघका जिल्ला अध्यक्ष कमल क्षेत्रीले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नेकपा (एमाले) का केन्द्रिय लेखा आयोगका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले जिल्ला स्तरको ब्याडमिन्टन प्रतियोगिता पहिलो पटक आयोजना गरेकोमा संगठलाई धन्यवाद व्यक्त गर्नुभयो । जिल्लामा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गरि अझ स्तर बृद्धि गर्ने तर्फ संगठले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथी नेकपा (एमाले) बाणगंगा नगर कमिटीका अध्यक्ष सोमनाथ अर्यालले नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुको पहिलो प्रयास स्वरुप आयोजना गरिएको यो प्रतियोगिता सभ्य र भब्य रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) जिल्ला कमिटी सदस्य गोपाल मणि ज्ञवाली, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, कांग्रेस बाणगंगा नगर सभापति बिष्णु थापा, माओवादी नगर अध्यक्ष टेकेन्द्र क्षेत्री, एमाले जिल्ला स्कुल विभाग सदस्य सुशिल पौडेल, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सचिव हरि अधिकारी, कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझि, अनेरास्ववियु प्रदेश कमिटी सदस्य बिष्णु घिमिरे, रास्वपा नगर सचिव बुद्धिसागर बेल्बासे, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै समापन कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य भिष्मराज भुसालले विजेताहरुलाई पुरस्कार प्रदान गर्दै खेलले भाईचारको सम्बन्ध बढाउनुका साथै क्रिकेट खेल आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । त्यस्तै नेपाली कांग्रेस कपिलवस्तुका सचिव खोम बहादुर सिंह ठकुरी (शक्ति)ले संगठनले जिल्लामै उत्कृष्ट खेल आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै आफुले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । श्रृंगीघाट सामुदायिक वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी (सुशिल) ले नेपाल खेलकुद महासंघ कपिलवस्तुले आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्यक्रम आयोजना गर्ने अपेक्षा व्यक्त गर्दै सामुदायिक वनले सदैव सक्दो सहयोग गर्ने बताउनुभयो ।

स्वागत मन्तब्य राख्दै संगठनले कपिलवस्तुका खेलाडीहरुको प्रतिभा प्रस्फुटनुंगै क्षमता विकास गरि राष्ट्रिय खेलाडीको रुपमा अगाडि बढाउने उद्देश्यले खेल आयोजना गरेको नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुका अध्यक्ष कमल क्षेत्रीले बताउनुभएको छ । सहभागी ३२ वटै मेहनति टिमलाई हार्दिक धन्यवाद दिंदै सबै खेलाडीको प्रतिभा र क्षमतालाई संगठनले सदैव हौसला प्रदान गर्दै अवसर प्रदान गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । अध्यक्ष क्षेत्रीले युवाहरु लागु औषध र कुलतमा फसिरहेका कारण उनीहरुलाई खेलको माध्यमबाट कुलतबाट रोक्न र सभ्य नागरिकको रुपमा पहिचान बनाउँनका लागि खेलको अहम भुमिका हुने बताउँदै युवाहरुलाई अनुशासित र जिम्मेवारी भई खेल प्रदर्शन अनुरोध गर्नुभयो ।

कार्यक्रम संगठनका जिल्ला सचिव मनु रसालीको संचालनमा सम्पन्न भएको हो ।

यस प्रतियोगितामा श्रीगींघाट सामुदायिक वन, ब्राईट लुम्बिनी ईन्टरनेश्नल एजुकेशन, अंशु स्टेशनरी, हथौसा लिटल स्टार स्कुल, टिभिएस सोरुम, बाणगंगा नगरपालिका, शिवराज नगरपालिका लगायतका विभिन्न संघ संस्था, सामुदायिक वनले सहयोग गरेका थिए ।

नेपाल खेलकुद महासंघ कपिलवस्तुको अध्यक्षमा कमल क्षेत्री आएसंगै वार्षिक कार्ययोजना अनुसार पहिलो खेलकुदको कार्यक्रम अन्तर्गत जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता केहि समय अगाडि सम्पन्न भएको थियो भने अहिले ब्याडमिन्टन प्रतियोगिता गरिएको हो । खेलकुद महासंघले यसरि योजनावद्ध तरिकारले खेलकुदका कार्यक्रम अगाडि बढाएको यो पहिलो रहेको नेताहरुले बताएका छन् ।


प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार १७:१५

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech