हरि आचार्य, कपिलवस्तु
कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । श्रृंगीघाट सिंचाई आयोजनाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । साधारण सभामा सहकारीका अध्यक्ष मोतिराम थारुले आगामी कार्ययोजना, सचिव नमा क्षत्री न्यौपानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष मिना कार्की पाण्डेले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक विष्णु पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सबै प्रतिवेदन पारित भएका छन् ।
कार्यक्रममा सहकारी संस्थाका गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो । सहकारीमार्फत कुष्ठ प्रभावित तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक, सामाजिक तथा व्यावसायिक रूपमा सक्षम बनाउने र उनीहरूको जीवनस्तर सुधार गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो भने असल बचतकर्ता र असल ऋणिलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गजेहडा स्वास्थ्य चौकीका प्रमुख दोण प्रसाद बेल्बासेले सहकारीले संस्थाको संस्थागत विकास, पारदर्शिता, सदस्यहरूको आर्थिक सशक्तीकरण जस्ता बिषयहरु ध्यान दिनुपर्ने बताउनुभयो । बेल्बासेले सहकारीले कुष्ठ प्रभावित तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गरिरहेको र आगामि दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

द लेप्रोसी मिसन नेपाल अन्र्तगत स्प्राउट परियोजना प्रमुख उर्मिला भुसालको विशिष्ठ आतिथ्यता रहको थियो कार्यक्रममा सहकारीका पदाधिकारी, सल्लाहकार, शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
सहकारीका अध्यक्ष मोतिराम थारुको अध्यक्षता, उपाध्यक्ष मीना थारुको स्वागत मन्तब्य सचिव नमा क्षत्री न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न सम्पन्न भएको हो ।
कुष्ठ प्रभावित तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहकारीको माध्यमबाट आत्मनिर्भर बनाउँदै समाजमा सम्मानजनक जीवनयापनका लागि अवसर सिर्जना गर्ने उद्देश्यले संस्थाले आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको छ।




















