ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

लुम्बिनी दर्पण २०८२ जेष्ठ २, शुक्रबार १५:५४
[sharethis-inline-buttons]

गुल्मीको एक गाउँपालिकाले एकैसाथ ५६ जना कर्मचारीहरुलाई बिदाइ गर्ने निर्णय गरेको छ । मालिका गाउँपालिकाले पालिका भित्रका २६ जना शिक्षक, १४ जना वालविकास सहजकर्ता , स्वास्थ्यका नौ जना र कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर सात जना गरी कुल ५६ जनालाई एकै साथ बिदाइ गर्ने निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालका अनुसार कानून विपरित अघिल्लो सरकारको पालमा भर्ती गरिएका उनीहरुलाई वैशाख २३ गतेको कार्यपालिका बैठकबाट बिदाइ गर्ने निर्णय गरिएको जानकारी दिए । सङघीय र प्रदेश कानून विपरीत रहेका कर्मचारीहरुको बारेमा महालेखाले पटक पटक वेरुजु लेखेका कारण र कानून विपरीत नियुक्ती गरिएकाले बिदाई गर्न बाध्य भएको उनको भनाइ छ । लुम्बिनी प्रदेश सरकारको स्थानीय सेवा ऐन २०८१को दफा आठ अनुसार आफूहरुले कानून कार्यान्वयन गरेको अर्यालको दाबी छ । यसमा आफूहरुको कुनै राजनीतिक स्वार्थ नभइ कानून मात्रै पालना गरेको उनको भनाइ छ ।
यता अघिल्लो स्थानीय सरकारका प्रवक्ता तथा वडा नम्वर ६ का वडा अध्यक्ष शोभाखर गिरीले भने राजनीतिक आधारमा कर्मचारीहरुलाई बिदा गर्ने निर्णय गरिएको आरोप लगाएका छन् । आफूहरुको पालामा गाउँका दुर्गम स्थानहरुबाट स्वास्थ्य सेवा लिन समस्या भएका स्थानहरुमा सामुदायीक स्वास्थ्य केन्द्र स्थापना गरिनुका साथै माध्यमिक स्तरमा दरबन्दी नभएका ठाउँहरुमा गणित,अँग्रेजी र विज्ञानका शिक्षकहरु राखिएको उनको दाबी छ ।
यो कुनै राजनीतिक दलको भर्तीकेन्द्र नभइ स्थानीय आवश्यकतालाई पहिचान गरि दरबन्दी सृजना गरिएको हो । अहिलेको सरकारले विद्यालयहरु धरासायी बनाउने र नागरिकहरुले सहज रुपमा पाउँदै आएको स्वास्थ्य सेवालाई कटौती गर्न लागेको उनले बताए । लुम्बिनी प्रदेशका कुनै जिल्लाहरुमा नगरिएको कार्य यहाँको वर्तमान स्थानीय सरकारले गरेको भन्दै कानूनसँगै ब्यवहारीकता पनि हेर्नुपर्नेमा उनले जोड दिए ।
केही समय अगाडि गुल्मीकै कालीगण्डकी गाउँपालिकाले पनि पालिका र विद्यालयले राखेका शिक्षकहरुलाई एकै साथ बिदाइ गरेको थियो । सो गाउँपालिकामा पनि शिक्षकहरुलाई दिइएको तलबमा महालेखाले पटक पटक वेरुजु लेख्दै आएको थियो ।


प्रकाशित : २०८२ जेष्ठ २, शुक्रबार १५:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech