ताजा अपडेट

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सडकको खाल्डोमा अस्ताए रितिक र रितेश,- घटना सामसुम पार्ने प्रयास

लुम्बिनी दर्पण २०८२ जेष्ठ ९, शुक्रबार ११:३४
[sharethis-inline-buttons]

धनुषाको कमला नगरपालिका २ सराबेटोलमा दुईदिनदेखि सन्नाटा छ । स्थानीय चन्देश्वर साहकी जेठी बुहारी रिंकु घरघरी मुर्छा पर्छिन् । चन्देश्वरकी श्रीमती कोशिला घरघरी दुई नाति सम्झेर भक्कानिन्छिन् । रुँदारुँदै उनको घाँटी बसेको छ ।
गत मंगलबार दिउँसो करिब ४ बजेतिर घरभन्दा ५० मिटर पर निर्माणाधीन कृषि सडकका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएदेखि नै साह परिवार विक्षिप्त छ ।
सराबे टोलका रामहरिबाबु साहका ७ वर्षीय छोरा रितिक र रामहरिका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितेश साहको ज्यान गएको थियो ।
दिउँसो साढे ३ बजेतिर दुई नाती र हजुरआमा घरमा थिए । नातीहरु रितिक र रितेश मोबाइल हेरेर घरमै बसिरहेका थिए । बिजुली गएपछि वाईफाई चल्न छोड्यो । उनीहरु खेल्दै घर पछाडिको गल्लीको बाटोबाट निस्के । हजुरआमा कोशिलाले नातीहरु घर बाहिर गएको थाहा पाइनन् । थाहा पाएपछि आफैं खोज्न थालिन् ।
त्यसको करिब आधा घण्टामा घरभन्दा पर निर्माणाधीन सडक छेउको खाल्डोमा जमेको पानीमा रितेशको शव तैरिरहेको एक महिलाले देखिन् । उनले जानकारी गराएपछि गाउँलेहरुले शव निकाले ।
त्यतिन्जेल रितिक भेटिएका थिएनन् । उनी पनि त्यही खाल्डोमा डुबेको हुन सक्ने अनुमान सहित खोज्दा रितिकको शव पनि त्यही खाल्डोमा फेला पर्यो । त्यसयता परिवारका सदस्य र सराबे टोलबासी शोकमा छन् ।
परिवारका सदस्यहरुलाई केही आर्थिक सहयोग गर्ने आश्वासन दिँदै बाटो बनाउने नाममा जथाभावी खन्ने ठेकेदार र जनप्रतिनिधिलाई जोगाउने प्रयास भइरहेको केही स्थानीयले बताए ।
हजुरआमा कोशिला घरीघरी त्यही पल सम्झिदै भक्कानिन्छन् । अधीर हुन्छिन् । बिहीबार बिहान साढे ९ बजेतिर अनलाइनखबरकर्मी पुग्दा हजुरआमा घाँटी बसेको स्वरमा भक्कानिँदै घटना विवरण सुनाइन् । ‘हम घरअगाडि दुहाइर पर बैसल रही । दुनु पोता घरमे मोबाइल लक खेलैत रहे । लाइन कटिते दुनु पोता घर से पछाडि दक निकलल से नै बुझ सकली । आधा घण्टामे दुनु बौवा पानीमे डुइबक भगवान ल चैलगेल,’ उनले आफ्नै भाषामा भनिन् ।
हजुरआमाले नै दुई छोराका छोरा नाती हरुको नाम रितिक र रितेश राखिदिएकी थिइन् । रितिक घरमै हजुरबुबा र हजुरआमासँग बसेर गाउँकै सामुदायिक विद्यालयमा कक्षा २ मा पढ्दै थिए । रितेश केहीदिनअघि मात्र दिल्लीबाट ठूलीआमा रिंकुसँग घर फर्केका थिए । रितिक र रितेश दुबैका आमाबुबा दिल्लीमै बसेर मजदुरी गर्छन् ।
घरको आर्थिक अवस्था कमजोर रहेकाले सन्तान खुसीको सपना बोकेर मजदुरीमा गएका थिए अभिभावक । उनीहरुको सपना घर नजिकैको खाल्डोमा अस्ताउँदा बज्रपात परेको छ ।
अनलाइनखबर उनीहरुको घरमा पुग्दा छोरा रितिकका बुवा रामहरि साह, रितेशका बुबा श्यामबाबु अनि आमा पार्वती घर आइपुगेका थिएनन् । छोरा–बुहारीहरु दिल्लीबाट घर आउँदै गरेको आमा कोशिलाले सुनाइन् ।
घटनाको बेलादेखि घरपरिवार मात्र होइन, गाउँले नै टोल नै शोक डुबेको छ । तर वडा नम्बर २ का वडाध्यक्ष ठाक्कु यादव, ठेकेदार राजेन्द्र मण्डल लगायतले घटना मिलाउन प्रयासमा छन् । हामी पुग्दा केही स्थानीयले घटना ‘मिलिसकेको’ भन्दै यो घटनालाई मिडियामा नलैजान आग्रह गरेका थिए । परिवारका सदस्यहरु पनि केहीबेरसम्म खुलेर बोल्न मानेका थिएनन् ।
परिवारका सदस्यहरुलाई केही आर्थिक सहयोग गर्ने आश्वासन दिँदै बाटो बनाउने नाममा जथाभावी खन्ने ठेकेदार र जनप्रतिनिधिलाई जोगाउने प्रयास भइरहेको केही स्थानीयले बताए ।
दुबै बालकको बिहीबार प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बताए ।
गाउँको पानीको निकास रहेको गहिरो पैनीको माथि पूर्व किनारबाट केहीदिन अघिदेखि उत्तर–दक्षिण गरी तीन सय मिटर लामो कृषि बाटो बनाउने काम चलिरहेको थियो । पूर्वछेउबाट करिब दुई मिटर चौडा र ४–५ फिट गहिरो जमिन खनेर निर्माणाधीन बाटोमा माटो हालिएको छ । उत्तर तर्फ बाटो कतै जोडिएको छैन ।
यो कमला नगरपालिकाको वडास्तरीय योजना हो । कमला नगरपालिकाका सूचना अधिकारी विरेन्द्र सढानका अनुसार १० लाखको सो योजना वडा नम्बर २ को रहेको र सडक बनाउने काम चलिरहेको बताए । तर उनले अझै विस्तृतमा आफूलाई जानकारी नभएको भन्दै बताउन चाहेनन् ।
स्रोतका अनुसार कोटेशन मार्फत जयबाबा नर्सिङ् कन्स्ट्रक्सनलाई बाटो बनाउने जिम्मा पालिकाले दिएको छ । सो कन्स्ट्रक्सनबाट बाटो बनाउने काम स्थानीय राजेन्द्र मण्डलले गरिरहेका छन् । योजना हेर्ने जिम्मा नगरपालिकाका इन्जिनियर रामकुमार यादव र ओभरसियर अमित साहको छ ।
सम्झौतामा छेउबाट माटो खन्न नपाउने उल्लेख छ । तर गहिरो खाल्डो खनिएको छ । त्यही जोखिमयुक्त खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।तर वडाध्यक्ष ठक्कु यादव र पालिकाका इन्जिनियर रामकुमार यादव यसबारे बोल्न मानेनन् ।
घटनाबारे सोधखोज गर्दा वडाध्यक्ष यादव आक्रोशित भए । ‘को ठेकेदार हो, के हो मलाई कागज हेर्नुपर्छ,’ उनले आक्रोशित हुँदै भने, ‘बालक डुबेकोमा हामी पनि शोकमा छौं तर डुबेको भन्दा ठूलो गहिरो पैनी त्यही छेउमा छ, आएर हेर्नुस् ।’ उनले ‘थप कुरा गर्नुपरे भेटेर गर्नुस्’ भन्दै फोन काटे ।
इन्जिनियर यादवले त योजना पालिकाको नरहेको भन्न भ्याए । ‘यो योजना पालिकाको होइन । कहाँको हो थाहा भएन । बुझ्नै पर्छ,’ उनले भने ।


प्रकाशित : २०८२ जेष्ठ ९, शुक्रबार ११:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

भर्खरै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech