ताजा अपडेट

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राजावादीको प्रदर्शन उच्च निगरानीमा, अराजक बने गोली चलाउने अधिकार फिल्ड कमान्डरलाई

लुम्बिनी दर्पण २०८२ जेष्ठ १४, बुधबार १४:४७
[sharethis-inline-buttons]

संयुक्त जनआन्दोलन परिचालन समितिले भोलि (जेठ १५) गते रत्नपार्कबाट सुरु गर्ने भनिएको प्रदर्शनका लागि अझै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छैन ।
राजावादीले गर्ने प्रदर्शनका लागि कुनै ठाउँ उपलब्ध नगराएर प्रदर्शन दबाउने रणनीतिमा सरकार छ । राजावादीले गर्ने प्रदर्शनको अवस्थाबारे जानकारी लिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र मंगलबार गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका थिए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले राजावादीको प्रदर्शन ठूलो नहुने तर अराजक गतिविधि हुन सक्ने रिपोर्टिङ गरेका छन् ।
प्रदर्शनको अवस्था र उनीहरूको गतिविधिबारे जानकारी लिन काठमाडौं प्रहरीले मंगलबार रातिदेखि नै उपत्यका भित्रिने विभिन्न नाका र काठमाडौंका विभिन्न होटलमा समेत ‘सर्च अपरेसन’ चलाएको छ ।
उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार, मंगलबारसम्म काठमाडौं बाहिरबाट प्रदर्शनका लागि खासै मानिस भित्रिएका छैनन् । ‘‘जनप्रदर्शन गर्ने भनेजस्तो मानिसको उपस्थिति होलाजस्तो देखिँदैन । बढीमा सातहजार जति मानिस होलान् भन्ने हाम्रो अनुमान छ । बाहिरबाट आज कति भित्रिन्छन्, त्यसमा पनि भर पर्छ,’’ ती प्रहरी अधिकारीले भने ।
संयुक्त जनआन्दोलन परिचालन समितिले नै गएको चैत १५ मा आयोजना गरेको तीनकुनेको प्रदर्शन अराजक बनेको थियो । त्यसको दुई महिनापछि हुन लागेको राजावादीको दोस्रो प्रदर्शन अराजक हुन नदिन सरकारले उच्च निगरानी राखेको हो ।
बुधबारमात्रै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले पनि मातहत कार्यालयका सबै प्रहरी अधिकारीलाई भृकुटीमण्डपस्थित पुलिस क्लबमा बोलाएर कडा निर्देशन दिएका छन् ।
राजावादीले गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा उनले मातहतका प्रहरी अधिकारीलाई राजावादीको आन्दोलन अराजक हुन खोजे सुरुमै बल प्रयोग गर्न भनेका छन् । अराजकता बढ्ने अवस्था गोली चलाउन निर्देशन दिएको सहभागी एक अधिकारीले बताउँछन् ।
‘‘चैत १५ को जस्तो अराजक प्रदर्शन गर्न खोजे सुरुमै बल प्रयोग गर्नुहोला, हेरेर नबस्नू । यो राज्यको व्यवस्थाविरुद्धको प्रदर्शन हो । यसलाई सामान्य मान्नुहुँदैन । सामान्य बल प्रयोग हुँदा अराजकता बढ्ने अवस्था आए गोली चलाउने अधिकार तपाईंहरूलाई आज नै दिएँ । भोलि सोध्नुपर्दैन । तर, गोली प्रहार हुँदाको अवस्थाबारेको आधार भने दिनुपर्ने हुन्छ,’’ एआईजीको तामाङको भनाइ उद्धृत गर्दै तीन अधिकारीले भने ।
उसो त प्रहरी नियमावलीले नै घटनाको अवस्था हेरेर गोली चलाउने अधिकार प्रहरी अधिकारीलाई दिइएको छ । तर, व्यवहारमा प्रहरी अधिकारीले त्यो प्रयोग गरेका छैनन् । गोली चलाउनुपर्ने अवस्था आए फिल्ड कमान्डर हुँदै जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको आदेशपछि मात्रै गोली चलाइँदै आएको छ । तर, भोलिका लागि आज नै कमान्डरलाई गोली चलाउनेसम्मको अधिकारी कमान्डरलाई दिइएको छ ।
आईजीपी तामाङको बिफ्रिङलगत्तै प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले समेत बुधबार प्रहरी प्रधान कार्यालयमै रानीपोखरी प्रमुखसहित जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर प्रहरी प्रमुख, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखसहितको बैठक डाकेका छन् ।
हरेक महिनाको दोस्रो बुधबार आईजीपी थापाले उपत्यका कमान्डरसित नियमित बैठक राख्ने गरेका छन् । तर, यो बुधबारको बैठकमा भोलि राजावादीले गर्ने प्रदर्शनबारे छलफल र रणनीतिको विषयमा केन्द्रित हुने प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकारीले बताए ।
राजसंस्था पुनर्स्थापना, हिन्दुराष्ट्रको माग गर्दै राजावादीले गएको चैत १५ गतेबाट नियमिति प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, उक्त प्रदर्शन नै अराजक बनेपछि सरकारले प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंसहित प्रदर्शनमा अराजक गतिविधि गर्नेहरूलाई कानुनी दायरमा ल्याएको थियो ।
प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवलशमशेर राणासमेत पक्राउ परेका थिए । उनीहरूसहित ६२ जनाविरुद्ध विभिन्न कसुर शीर्षकमा आइतबारमात्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सोमबारदेखि अदालतमा उनीहरूको बयान सुरु भएको छ ।
पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन परिचालन समितिले बिहीबार पुनः दोस्रो पदर्शन गर्न लागेको हो ।
प्रदर्शनमा राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालसमेत सहभागी हुनेछन् । सुवेदी नेतृत्वको जनआन्दोलन समितिलाई जिल्ला प्रशासन काठमाडौंले चैत १५ मा प्रदर्शन गर्न तीनकुनेमा ठाउँ उपलब्ध गराएको थियो ।
त्यो बेला संवेदनशील मानिएको तीनकुनेमा ठाउँ उपलब्ध गराएको भन्दै जिल्ला प्रशासन कार्यालयको चर्को विरोध भएको थियो । बिहीबार गर्न लागेको दोस्रो प्रदर्शनका लागि अझै ठाउँ उपलब्ध गराइएको छैन ।


प्रकाशित : २०८२ जेष्ठ १४, बुधबार १४:४७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
प्रतिक्रिया

यो पनि पढौँ

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

भर्खरै

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech