ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुटवल हत्याकाण्ड – पूर्व श्रीमती र दुई नाबालकको हत्या आरोपी सुजनले दाइको शव टुक्रा पारेर बोरामा फालेका थिए

लुम्बिनी दर्पण २०८२ जेष्ठ १४, बुधबार १८:०६
[sharethis-inline-buttons]

तीन जनालाई वीभत्स हत्या गरेको आरोपी बुटवल मिलीजुली पथका सुजन कोइराला पूर्व पत्नी दीपा बस्याल ढकालसँग एक वर्षदेखि नियमित सम्पर्कमा रहेको देखिएको छ।
बुधवार बिहान ४ बजे दीपा बस्याल ढकाल र उनका दुई छोरीहरू ७ वर्षीय स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकालको हत्या भएको थियो। प्रहरीले हत्याको आरोपमा कोइरालालाई पक्राउ गरेको छ।
प्रहरीसँगको प्रारम्भिक बयानमा कोइरालाले हत्या हुनुअघि राती ‘म सँग डिभोर्स गरेर खुसी भएर कसरी बसेको भन्दै’ झगडा भएको र रिसमा तीनै जनाको हत्या गरेको बताएको प्रहरी अधिकारीले उकेरालाई जानकारी दिए।
उनले प्रारम्भिक बयानमा दीपासँग एक वर्षदेखि नियमित सम्पर्कमा रहेको र भेटघाट हुने गरेको बताएका छन्।
सुजन आफ्नै सहोदर दाजु सुदीप कोइरालाको २०६९ पुस २३ गते वीभत्स हत्या गरेको अभियोग पुष्टि भएसँगै जेल परेका थिए। ९ वर्ष कैद भुक्तान गरेपछि उनी २०७८ असोज ३ गते तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपतिबाट चाल चलन सुधार भएको भन्दै बाँकी कैद मिनाहा भएर जेल मुक्त भएका थिए।
उनले २०६९ असोजमा दीपासँग प्रेम विवाह गरेका थिए। विवाह भएको ३ महिनामै आर्थिक विषयमा विवाद भएपछि उनले दाजु सुदीपको हत्या गरेका थिए।
उनले दाजु सुजनको शव टुक्रा–टुक्रा पारेर बोरामा हालेर पाल्पाको केराबारीमा फालेको अवस्थामा फेला परेको थियो। दाजुको शव फालेपछि उनी आफैँ जिल्ला प्रहरी कार्यालय पाल्पामा पुगेर दाजु हराएको निवेदन दिएका थिए।
प्रहरीले अनुसन्धान सुरु गरेपछि उनले हत्या दाजुको हत्या गरेको देखिएपछि पक्राउ परेर ०६९ पुस २७ मा कारागार चलान भएका थिए।
विवाह गरेको तीन महिनामै दाजुको हत्या गरेर सुजन कारागार चलान भएपछि दीपाले सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाइन। जिल्ला प्रहरी कार्यालय पाल्पाको अभिलेख हेर्दा दीपा र सुजनबीच ०७३ सालमा सम्बन्धविच्छेद भएको देखिन्छ।
उनले सोही वर्ष नै नवलपरासीका शंकर ढकालसँग विवाह गरेकी थिइन। शंकर अहिले वैदेशिक रोजगारका क्रममा दुबईमा छन्।
पाल्पाको तानसेन नगरपालिका–७ कुनसेर स्थित आधारभूत स्वास्थ्य केन्द्रमा करार जागिरमा रहेकी दीपा दुई छोरी सहित तानसेनमा बस्दै आएकी थिइन।
बुधवार भान्जीको विवाहका लागि आएकी दीपाको बुधवार बिहान ४ बजे नै सुजनले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका थिए।९ वर्ष जेल जीवन बिताएका सुजनले जेलमा रहँदा मुढा, हस्तकलाका सामानहरू बनाउन सिके। त्यही सीप अनुसार उनले मिलीजुली पथमा रहेको घरमा पसल नै राखेका थिए।
सुजन निवास लेखेको घरमा उनले मुढाका साथै हस्तकलाका सामानहरू बनाएर बिक्री गर्दै आएका थिए। पूर्व श्रीमती दीपा र उनका दुई छोरीहरूको हत्या गरेपछि सुजन बिहानै घरकै काममा लागेको छिमेकीहरू बताउँछन्।
उनले सबैजसो नमस्कार भन्दै छिमेकीसँग बोलेका थिए। सुजन बिहान ५ बजे उठेर घर अगाडि पानी राखेर सफा गरेका थिए। सुजनकी छिमेकी पद्मा राना कुँवरले बिहान सुजनले आफूसँग राम्रै कुराकानी गरेको बताइन्।
‘सात बजेतिर म सँग कुरा भएको थियो। उस्तै फुर्तिलो देखिन्थे। पछि प्रहरी आएपछि चकित परे’ उनले भनिन्।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र रानाले सुजनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको बताए।
स्रोत ः उकेरा न्युज


प्रकाशित : २०८२ जेष्ठ १४, बुधबार १८:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech