ताजा अपडेट

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अन्तिम बलको ड्रामा : स्कटिस खेलाडी ‘सेलिब्रेसन’ गर्दै थिए, अम्पायरले वाइड दिए

लुम्बिनी दर्पण २०८२ जेष्ठ २०, मंगलवार ११:००
[sharethis-inline-buttons]

विश्वकप लिग २ अन्तरगत नेपाल र स्कटल्यान्डबीच हिजो भएको खेल निकै रोमाञ्चक बन्यो । हारको संघारमा पुगेको नेपाललाई करण केसीले एक विकेटको अविस्मरणीय जित दिलाए ।

१९२ रनमा ७ विकेट गुमाएको अवस्थाबाट उक्सिएर नेपालले २९६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको थियो । करणले ६५ रनको विष्फोटक पारी खेले । गुल्शन र सन्दीप लामिछानेसँग उनको महत्वपूर्ण दुई साझेदारी भएको थियो । अन्तिम ओभरसम्म आइपुग्दा नेपाललाई सात रन चाहिएको थियो र दर्शकले जितको आभास गरिसकेका थिए । यद्यपि, अन्तिम ओभर नाटकीय बन्यो ।

ओभरको पहिलो बलमै सन्दीप आउट भए । एक रन लिएर करणलाई स्ट्राइकमा तान्न खोज्दा उनी प्वाइन्ट फिल्डरबाट क्याच भए, जसले नेपाललाई झट्का लाग्यो । खेलमा अर्को ट्विस्ट आयो । अन्तिम विकेटका लागि आए रिजन ढकाल, जो ‘टेल इन्डर’ मात्र हुन् ।

स्कटल्यान्डका स्पिनर मार्क वाटले पहिलो बल वाइड फ्याँके । दोस्रो बल रिजन ढकालले रन लिन सकेनन् । तेस्रो बलमा उनी एक रनका लागि दौडिन सफल भए । अब अन्तिम तीन बलमा ५ रन जोड्नुपर्ने चुनौती करण सामु आयो । अर्थात्, नेपाललाई उनको एउटा ठूलो सट चाहियो । करणले योभन्दा अगाडि ३ वटा छक्का प्रहार गरिसकेका थिए । अन्तिम ओभरको चौथो बलमा उनले स्ट्रेट सिक्स हान्ने प्रयास गरे । तर सफल भएनन् । बाउन्ड्री नजिक बल खस्यो र उनले दुई रन लिन भ्याए । अर्को बललाई स्वीप गर्दै करणले फेरि दुई रन निकाले र स्कोर भयो टाइ ।

अन्तिम बल नाटकीय भयो । नेपाललाई एक रन चाहिएको थियो । बलरले लेग स्टम्पबाहिर हानेको बललाई करणले फ्लीक गर्ने प्रयास गरे । बल ब्याटमा लागेन तर स्वभाविकरुमा ब्याटरहरु रनका लागि दौडिए । उनीहरूले रन पुरा नगर्दै स्कटिस विकेटकिपरको हातमा बल आइपुग्यो र उनले स्टम्प ढाले । रिजन ढकालले क्रिज छुन भ्याएका थिएनन् । स्कटिस खेलाडीहरू सेलिब्रेसन गर्न थाले । खेल बराबरीमा रोकिएको र सुपरओभरमा जाने भनेर उनीहरूले खुशी मनाएका थिए । नेपाली क्याम्पमा निराशा छायो । तर, यता अम्पायरले वाइडको इशारा गरिरहेका थिए ।

पछाडि हेर्दै दौडिरहेका करणले पनि सुरुमा खेल टाइ भएको नै ठानेका थिए । जब अगाडि हेरे, अम्पायरले दुई हात फैलाइरहेको देखे । त्यसपछि भने उनले ब्याट उठाएर सेलिब्रेसन भए । नेपाली क्याम्पमा हर्षोल्लास छायो । मैदानबाहिरबाट दर्शकहरू भित्र धुइरिएर करणलाई प्रेम दर्शाउन थाले । नदर्शाउन् पनि किन, जसले नेपाललाई हारबाट जोगाएर एउटा मिठो जित दिलाएका थिए ।


प्रकाशित : २०८२ जेष्ठ २०, मंगलवार ११:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने

टी–२० विश्वकप : क्यानडालाई हराउँदै दक्षिण अफ्रिकाको विजयी शुरुआत

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

टी–२० विश्वकप : नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वरिष्ठ कलाकार सुनिल थापाको निधन

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

भर्खरै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

  • जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

  • ८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech