ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

Lumbini Darpan 1 २०८२ पुष २६, शनिबार २०:०५
[sharethis-inline-buttons]

सरिता थारु, कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं। ६ लक्ष्मणघाटमा अवस्थित कृषि तथा पशु विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष करुण टण्डनले देशलाई समृद्ध बनाउने आधार कृषि क्षेत्र भएको उल्लेख गर्दै कृषि क्रान्तिको आवश्यकता औंल्याउनुभयो। उहाँले कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म सहजीकरण गर्न स्थानीय तह र सहकारीबीच सहकार्य आवश्यक रहेको बताउँदै सहकारीले कृषकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो।

यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाको पशु विकास शाखा प्रमुख राजकुमार तिवारीले आधुनिक कृषि र पशुपालन प्रविधि अपनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारीमार्फत पशुपालक कृषकलाई तालिम, प्राविधिक सहयोग र पशु स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सकिने बताउँदै सहकारीसँग सहकार्य गर्न नगरपालिका तयार रहेको जानकारी गराउनुभयो।

समाजसेवी हुमनाथ भट्टराईले सहकारी अभियानले ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाएको उल्लेख गर्दै सदस्यहरूको सक्रिय सहभागिताले मात्र सहकारी दिगो बन्ने बताउनुभयो। उहाँले पारदर्शिता, अनुशासन र सामूहिक भावनाले सहकारीलाई सफल बनाउने मुख्य आधार भएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका अध्यक्ष खड्ग बहादुर थापाले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषकको आयआर्जन वृद्धि गर्न कृषि उत्पादनको प्रवर्द्धन र आधुनिकीकरणमा जोड दिइने बताउनुभयो। उहाँले आधुनिक कृषि औजार सहयोग, मकै खेतीको उत्पादन वृद्धि तथा त्यसको बजारीकरणको सुनिश्चितताका लागि सहकारीले विशेष योजना ल्याउने जानकारी दिनुभयो।

साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन सचिव चन्द्रमणी क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अपिला भुषालले आर्थिक वर्ष २०८१र०८२ का लागि १ करोड ९२ लाख ३७ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गर्नुभयो। यस्तै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समिती सदस्य थानेश्वर भट्टराईले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत सबै प्रतिवेदन साधारण सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।

“सहकारीमा लगानी, सबैका लागि आर्थिक समृद्धि” भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढिरहेको यस सहकारीमा हाल ३ सय ६६ जना शेयर सदस्य आबद्ध रहेका छन्।
कार्यक्रमको अवसरमा असल बचत कर्ता, असल ऋणी, असल दुग्ध कृषक र असल बाल बचत कर्तालाई नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।

सहकारीका अध्यक्ष खड्ग बहादुर थापाको अध्यक्षता, सचिव चन्द्रमणी क्षेत्रीको सञ्चालन तथा उपाध्यक्ष रामचन्द्र मरासिनीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको अन्त्यमा ५औँ अधिवेशनसमेत सम्पन्न गरिएको थियो।

अधिवेशनले चन्द्रमणी क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसको उपाध्यक्षमा रामचन्द्र मरासिनी, सचिवमा ध्रुवराज ज्ञवाली र कोषाध्यक्षमा अपिला भुषाल टण्डन चयन हुनुभएको छ। सदस्यहरूमा शेर बहादुर खनाल, सन्तोष प्रताप राणा, कोपिला भट्टराई, हिरालाल चौधरी, शशिधर सापकोटा, सरस्वती न्यौपाने र अनिता खनाल रहनुभएको छ।

नव निर्वाचित अध्यक्ष क्षेत्रीले सहकारीलाई थप प्रभावकारी, पारदर्शी र कृषकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।


प्रकाशित : २०८२ पुष २६, शनिबार २०:०५

Lumbini Darpan 1

लेखकबाट थप

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै
  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल
  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो
  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech