ताजा अपडेट

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

Lumbini Darpan 1 २०८२ माघ १, बिहीबार ०६:१७
[sharethis-inline-buttons]

श्याम सि.टी, दुबई ।

थारू भाषा, कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र संवर्धन गर्ने उद्देश्यसहित थारू कल्याणकारी सभा यूएईद्वारा “थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ १२औँ वार्षिक भेला तथा माघी पर्व एवं थारू नयाँ वर्ष २६४९ दुबईमा विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कार, परम्परा र सांस्कृतिक पहिचान जगेर्ना गर्ने दृढ संकल्पका साथ विगतका वर्षहरूझैँ यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको हो।

कार्यक्रम संयोजक महेश चौधरीले माघी पर्वको ऐतिहासिक महत्व, सामाजिक मूल्य र विशेषतामाथि प्रकाश पार्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए। कार्यक्रमको औपचारिक उद्घाटन आदिवासी जनजाति महासंघ ९नेफिन० यूएईका अध्यक्ष भागरथी कुमार भगतको प्रमुख आतिथ्यतामा उपस्थित विशिष्ट अतिथि, बुद्धिजीवी तथा समाजसेवीहरूको सामूहिक दीप प्रज्वलनमार्फत सम्पन्न भयो।

माघी पर्वको शुभकामना सन्देशका क्रममा वक्ताहरूले माघी पर्वको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्वमाथि चर्चा गर्दै जातीय भाषा, संस्कृति र भेषभूषाको संरक्षणका लागि प्रवासमा गरिएको यस अभियानप्रति थारू कल्याणकारी सभा यूएईको प्रशंसा व्यक्त गरे।

प्रमुख अतिथि भागरथी कुमार भगतले थारू भाषा, कला र संस्कृतिको संरक्षण नगरे पहिचान नै संकटमा पर्न सक्ने भन्दै यसप्रति सबै थारू समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक खेम चौधरीको आकर्षक सांगीतिक प्रस्तुति रहेको थियो भने स्थानीय कलाकारहरू केशव राज महतो, कृष्ण गुन्जन र श्याम सिटीले पनि उत्कृष्ट प्रस्तुति दिएर माहोल थप उल्लासमय बनाएका थिए।

दुबईस्थित अष्टोरिया होटलको क्लब एभरेष्ट सभाहलमा सम्पन्न उक्त कार्यक्रम नेफिन यूएईका अध्यक्ष भागरथी कुमार भगतको प्रमुख आतिथ्यता र रामानन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन कुशल कार्यक्रम प्रस्तोता केशव राज महतो र दिव्या चौधरीले गरेका थिए।

थारू समुदायको सांस्कृतिक चेतना, एकता र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले प्रवासमा पनि थारू संस्कृतिको उज्यालो पहिचान कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ थियो।


प्रकाशित : २०८२ माघ १, बिहीबार ०६:१७

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech