ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

Lumbini Darpan 1 २०८२ माघ १, बिहीबार ०६:३६
[sharethis-inline-buttons]

रामु यादव, लबनी, कपिलवस्तु

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाको आयोजनामा तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र, युनिसेफ र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक तथा आर्थिक सहयोगमा एकीकृत प्रारम्भिक बालविकास योजनाको समिक्षा तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी लबनी स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न भएको छ।

शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यशालामा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा नं। १ देखि ६ सम्मका वडा अध्यक्ष तथा सचिवहरू, शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका, सामाजिक विकास, पशु सेवा, योजना, खानेपानी, वास तथा लेखा शाखाका प्रमुखहरू, विषयगत समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, पालिका स्तरीय बालक्लब सञ्जालका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूसहित ३० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

कार्यशालामा प्रत्येक वडा कार्यालयले प्रारम्भिक बालविकासको वर्तमान अवस्थाको विश्लेषण प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि आवश्यक कार्यक्रम तथा क्रियाकलापहरू पहिचान गरेका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले कार्यशालाबाट तय गरिएका प्रारम्भिक बालविकाससम्बन्धी क्रियाकलापहरू आगामी आर्थिक वर्षको गाउँपालिकाको योजना तथा बजेटमा समावेश गरिने जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष कमलेश चौधरीले प्रारम्भिक बालविकास क्षेत्रको महत्व उल्लेख गर्दै यस क्षेत्रमा लगानी अभिवृद्धि गर्न स्थानीय सरकार सरोकारवाला निकायहरूसँग समन्वय गर्दै सक्रिय भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

त्यस्तै, वडा नं। २ का वडा अध्यक्ष मनोज कुमार यादवले प्रारम्भिक बालविकास जीवनको सबैभन्दा संवेदनशील चरण भएको उल्लेख गर्दै यही अवधिमा बालबालिकाको मानसिक, शारीरिक र भाषिक विकासको आधार निर्माण हुने भएकाले शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण, सरसफाइ तथा अभिभावक सचेतनालाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले गर्भावस्थादेखि आठ वर्षमुनिका बालबालिकाको सर्वोत्तम हित र सर्वाङ्गीण विकास सुनिश्चित गर्न स्थानीय सरकार, जनप्रतिनिधि, सेवा प्रदायक संस्था, सञ्चारकर्मी, विद्यालय, अभिभावक, शिक्षाप्रेमी तथा नागरिक समाजले आपसी समन्वय र सहकार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रम सञ्चालन कालिका स्वावलम्बन सामाजिक केन्द्रका एस ई एस पि टेक्निकल अफिसर सुचेता शाक्यले गर्नुभएको थियो भने सहजीकरण सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, कपिलवस्तुका जिल्ला संयोजक अनिता शर्माले गर्नुभएको थियो।


प्रकाशित : २०८२ माघ १, बिहीबार ०६:३६

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech