पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताविरूद्व पक्राउ पुर्जी जारी भएको छ । कास्की प्रहरीले रास्वपा नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी भएसँगै रास्वपा स्याङ्जाका नेता रेग्मी फरार भएका छन् ।
बोधराज रास्वपाबाट स्याङ्जा क्षेत्र नम्बर १ मा विजयी प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव हुन् ।



















