काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा सुरु भएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो ।
नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिन बैठक बसेको हो । ५ जेठको बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी रहेको बताइएको छ ।



















