ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

Lumbini Darpan 1 २०८३ असार ८, सोमबार १३:३९
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
विश्व सङ्गीत दिवस–२०२६ को अवसर पारेर कपिलवस्तुमा आयोजित ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’ को उपाधि रुकुम पूर्वका प्रतिभाशाली गायक समिर पुन ले जितेका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशको आयोजना तथा प्रतिष्ठान कपिलवस्तुको सह–आयोजनामा असार ७ गते आइतबार सम्पन्न प्रतियोगितामा उनले ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिमाथि कब्जा जमाएका हुन्।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट अडिसनमार्फत छनोट भएका उत्कृष्ट प्रतिभाबीच भएको फाइनल प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको थियो। प्रतियोगितामा रुपन्देहीकी बसन्ता खनाल द्वितीय तथा रोल्पाकी ज्ञानु परियार तृतीय घोषित भइन्।

उपाधि विजेता समिर पुनले नगद ५२ हजार २२२ रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे। त्यस्तै द्वितीय हुने रुपन्देहीकी बसन्ता खनालले ३२ हजार २२२ रुपैयाँ र तृतीय हुने रोल्पाकी ज्ञानु परियारले २२ हजार २२२ रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरिन्।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा चर्चित लोकदोहोरी कलाकारहरू राजु परियार, पशुपति शर्मा, प्रतिष्ठानमा केन्द्रिय सल्लाहकार खेम हमाल,राधिका हमाल, पूर्णकला बी.सी., शिव हमाल, शिरीष देवकोटा, दीपक गरौजा, सीता राना, रामकुमार नेपाली, ओम ज्ञवाली, दीपु मगर,प्रतिष्ठान रुपन्देहीका सल्लाहकार राधेश्याम राज भण्डारी लगायतको विशेष उपस्थिति रहेको थियो।

यसैगरी प्रतिष्ठानका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेशभरिका कलाकार, १२ जिल्लाका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न संघसंस्था, व्यवसायी, सहयोगीदाता,सल्लाहकार तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष दामोदर बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश सचिव योगराज पोख्रेलले गरेका थिए भने प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष असिम क्षेत्री ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

लोकसंस्कृति संरक्षण, नयाँ प्रतिभाको खोजी तथा लोकसङ्गीतको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले लुम्बिनी प्रदेशका नवप्रतिभाहरूलाई राष्ट्रिय मञ्चसम्म पुग्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।


प्रकाशित : २०८३ असार ८, सोमबार १३:३९

Lumbini Darpan 1

लेखकबाट थप

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड
  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू
  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश
  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग
  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने
प्रतिक्रिया

यो पनि पढौँ

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech