जितपुर। ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि.ले आफ्नो १३औँ स्थापना दिवसको अवसरमा विद्यार्थी सम्मान, प्रथम ब्राइट डान्स आइडल–२०८३ तथा खुला नृत्य प्रतियोगिता आज पिस हिमालयन रिसोर्ट , ठाकुरापुरमा भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा जापान र कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका ७० जना विद्यार्थीलाई सम्मान गरिएको संस्थाका प्रबन्ध निर्देशक अशिम क्षेत्रीले जानकारी दिए।
डान्स आइडल प्रतियोगितामा १३ जना प्रतियोगी सहभागी भएका थिए। प्रतिस्पर्धामा विजय घर्ती प्रथम,विकास परियार द्वितीय तथा सन्ध्या रणपाल तृतीय र ममता परियार र बिबुशी घिमिरे सान्त्वना हुन सफल भएकी छ्न ।
कार्यक्रममा चर्चित कलाकार उज्ज्वल गिरि, गायिका आश्मा बन्जाडे, विनोद रञ्जन लगायत स्थानीय कलाकारले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए।
कार्यक्रम प्रबन्ध निर्देशक अशिम क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाणगंगा नगरपालिका–४ का वडाध्यक्ष छबिलाल रेश्मी मगर विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कल्पना केसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कपिलवस्तुका सस्थापक अध्यक्ष पूर्णचन्द्र परियारले गरेका थिए। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कपिलवस्तुका पुर्व अध्यक्ष थानेस्वर अधिकारी,निबर्तमान अध्यक्ष शारदा खनाल,प्रतिष्ठान कपिलवस्तुका सल्लाहकार तथा कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख युवराज भुसाल, पत्रकार मोहन बेल्बासे,पशुपति गिरि,बिष्णु खरेल लगायतको उपस्थिति रहेको थियो ।
नृत्य प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका उपाध्यक्ष सुमन पौडेल तथा सदस्यमा विजय शारु र बबिता धिताल रहेकी थिईन ।



















