ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जनताको प्रश्नमा नगर नेतृत्वको स्पष्ट जवाफ : सार्वजनिक सुनुवाइमार्फत उत्तरदायी बन्दै बाणगङ्गा नगरपालिका

Lumbini Darpan 1 २०८३ असार २२, सोमबार १८:०६
[sharethis-inline-buttons]

कपिलवस्तु, असार २२ ।  बाणगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो तथा अन्तिम चौमासिक अवधिमा सम्पन्न विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिबारे नागरिकलाई प्रत्यक्ष जानकारी गराउँदै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत नगरपालिकाले आफ्ना कार्यसम्पादन सार्वजनिक गर्नुका साथै नागरिकका सुझाव, गुनासा र जिज्ञासालाई प्रत्यक्ष रूपमा सुनेर उत्तर दिएको छ।

बाणगङ्गा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाको प्राविधिक सहयोगमा वडा नं. ८ स्थित मालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, वातावरण संरक्षणलगायतका विषयमा आफ्ना जिज्ञासा, सुझाव तथा गुनासा राखेका थिए। उठाइएका विषयमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, उपप्रमुख रीता कुमारी चौधरी तथा नगर प्रमुख चक्रपाणि अर्यालले तथ्यपरक र स्पष्ट जवाफ दिँदै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सहजीकरण गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले सार्वजनिक सुनुवाइ लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण अभ्यास भएको उल्लेख गरे। उनले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्दै स्थानीय सरकारप्रतिको विश्वास अभिवृद्धि गर्न तथा सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्न सार्वजनिक सुनुवाइ प्रभावकारी माध्यम भएको बताए।

कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिक अवधिमा सम्पन्न योजना, बजेट कार्यान्वयन, सेवा प्रवाह, सामाजिक विकास तथा पूर्वाधार निर्माणका प्रमुख उपलब्धिहरू प्रस्तुत गरेको थियो। साथै नागरिकबाट प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी नीति, योजना तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता पनि जनाएको छ।
सहभागीहरूले सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ विश्वासिलो, उत्तरदायी र सहभागितामूलक बनाएको उल्लेख गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार बनाउनुका साथै नागरिकलाई आफ्ना सरोकार प्रत्यक्ष रूपमा राख्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रम सफल बनाउन प्राविधिक सहयोग प्रदान गर्ने नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाप्रति बाणगङ्गा नगरपालिकाले आभार व्यक्त गरेको छ। साथै कार्यक्रममा सक्रिय सहभागिता जनाई रचनात्मक सुझाव दिने सम्पूर्ण नगरवासी, विशेषगरी वडा नं. ८ का स्थानीयबासीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि नागरिक सहभागितालाई थप सुदृढ बनाउँदै सुशासन, पारदर्शिता र उत्तरदायी स्थानीय शासनको अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रकाशित : २०८३ असार २२, सोमबार १८:०६

Lumbini Darpan 1

लेखकबाट थप

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार
  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक
  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)
  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech