काठमाडौं । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्षसहित ६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
राज्य आतंक बढ्दै गएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। अनेरास्ववियुका अनुसार पक्राउ पर्नेमा संगठनका अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटीका सचिव सुदीप थापा र सिरिस बुढाथोकी रहेका छन्।
अनेरास्ववियुले पक्राउको विरोध गर्दै आफ्ना नेता–कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ।




















