ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

Lumbini Darpan 1 २०८३ श्रावण ११, सोमबार १५:४६
[sharethis-inline-buttons]

काठमाण्डाै । सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उदघाटन भएको छ ।  आज विहान पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सुरुङमार्गको औपचारिक उदघाटन गरेका हुन्  ।

काठमाण्डौलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्ग हो, यसले काठमाण्डौ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ । अब केही दिन सुरुङमार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ ।

यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अरु अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ । सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाडीहरुका लागि सुरुङमार्ग खुला गरिने सडक विभागले जनाएको छ ।

परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाडीहरुबाट कुनै शुल्क नलिइने पनि विभागले जनाएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमाउरा सडक र दुर्घटनाको जोखिमलाई कम गर्दै यात्रुलाई झण्डै एक घन्टासम्म समय बचत हुने अपेक्षा छ ।

साथै इन्धन खपत घट्ने र मालवाहक तथा यात्रुवाहक गाडीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ । सुरुङमार्गको लम्बाइ झण्डै साढे दुई किलोमिटर रहेको छ ।

आयोजना अन्तर्गत दुईवटा सुरुङ निर्माण गरिएका छन् । समानान्तर रूपमा निर्माण गरिएको उद्धार सुरुङ आकस्मिक उद्धार तथा आपत्कालीन अवस्थाका लागि प्रयोग गरिनेछ । सुरुङ निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो । आयोजनाका परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित बनाइएको छ ।

अत्याधुनिक सिसीटिभी निगरानी प्रणाली, आकस्मिक उद्धार संयन्त्र, दमकल तथा आगलागी नियन्त्रण प्रणाली, सञ्चार तथा सुरक्षा उपकरण, निरन्तर अक्सिजन र भेन्टिलेसन प्रणाली, आपत्कालीन उद्धार मार्ग जस्ता व्यवस्थाले दुर्घटना वा अन्य आकस्मिक अवस्थामा छिटो उद्धार गर्न सहज हुने विश्वास गरिएको छ ।

सुरुङमार्गमा सबै प्रकारका गाडी भने सञ्चालन गर्न पाइने छैन । पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे गाडी, पेट्रोल, डिजेल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका गाडी, विस्फोटक पदार्थ बोकेका गाडी प्रवेश गर्न पाउने छैनन् । परीक्षण अवधि समाप्त भएपछि सुरुङमार्ग प्रयोग गर्ने गाडीहरुले निर्धारित शुल्क तिर्नुपर्नेछ ।

कार तथा भ्यानलाई काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ तथा बाहिरिंदा ६० रुपैयाँ, मिनीबस – ट्रक तथा टिपरलाई काठमाण्डौ प्रवेश गर्दा ११५ रुपैयाँ तथा बाहिरिंदा ८० रुपैयाँ, ठूला बस तथा ट्रकलाई काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ तथा बाहिरिंदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।

भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिएको छ । सुरुङमार्गको सञ्चालनसँगै नेपालमा आधुनिक सडक पूर्वाधारको नयाँ युग शुरु भएको मानिएको छ । यसले काठमाण्डौ भित्रिने तथा बाहिरिने मुख्य नाकामा हुने वर्षौंदेखिको ट्राफिक जाम घटाउने, यात्रा समय छोट्याउने, इन्धन बचत गर्ने, सडक दुर्घटनाको जोखिम कम गर्ने तथा काठमाण्डौ–मुग्लिन हुँदै देशका विभिन्न भागसँगको सडक सम्पर्कलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

साथै भविष्यमा अरु सुरुङमार्ग निर्माणका लागि पनि यो आयोजना महत्वपूर्ण नमूना परियोजनाका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।


प्रकाशित : २०८३ श्रावण ११, सोमबार १५:४६

Lumbini Darpan 1

लेखकबाट थप

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 
  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला
  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो
  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी
प्रतिक्रिया

यो पनि पढौँ

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech