ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

Lumbini Darpan 1 २०८३ भाद्र ७, आईतवार १७:४७
[sharethis-inline-buttons]

जितपुर । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, कपिलवस्तुको दोस्रो पूर्ण बैठक आज कपिलवस्तुको बैरियामा सम्पन्न भएको छ।

बैठकले प्रतिष्ठानले यसअघि गरेका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम तथा कार्ययोजना तय गरेको छ। बैठकमा संस्थाको सांगठनिक सुदृढीकरण, आर्थिक पारदर्शिता तथा लोक भजन चुड्काको संरक्षण र प्रवर्द्धनका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

सो अवसरमा कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्रसमेत वितरण गरिएको थियो।

बैठकले प्रतिष्ठानको बैंक खाता सञ्चालन गर्ने, आर्थिक प्रतिवेदन प्रस्तुत तथा व्यवस्थित गर्ने र जिल्लाका विभिन्न पालिकामा पालिकास्तरीय समिति गठन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष बुद्धिसागर बेल्बासेले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशका उपाध्यक्ष थानेस्वर अधिकारीले प्रतिष्ठान कपिलवस्तुसँग जोडिएको इतिहास, वर्तमान अवस्था तथा आगामी दिनमा संस्थाले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराए। पछिल्लो समय लोक भजनप्रति आम मानिसको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले भजन संस्कृतिलाई संस्थागत रूपमा अगाडि बढाउँदै सबै कलाकार, सर्जक तथा संस्कृतिकर्मीलाई एउटै अभियानमा जोड्नुपर्नेमा जोड दिए।

बैठकमा प्रदेश सदस्य माया पौडेलले विशिष्ट अतिथिका रूपमा मन्तव्य राखेकी थिइन्। कार्यक्रममा प्रतिष्ठान कपिलवस्तुकी महिला उपाध्यक्ष राधा पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव लिलापति घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष बुद्धिसागर बेल्बासेको अध्यक्षता, लुम्बिनी प्रदेश उपाध्यक्ष थानेस्वर अधिकारीको प्रमुख आतिथ्यता तथा प्रदेश सदस्य माया पौडेलको विशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको हो।

बैठकले लोक भजन, चुड्का तथा मौलिक सांस्कृतिक परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्ने, संस्थालाई थप व्यवस्थित र सक्रिय बनाउने तथा जिल्लाभर संगठन विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रकाशित : २०८३ भाद्र ७, आईतवार १७:४७

Lumbini Darpan 1

लेखकबाट थप

  • भविष्यको खोजीमा मेरो यात्रा
  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन
  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले
  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै
  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
प्रतिक्रिया

यो पनि पढौँ

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech