काठमाडौं । अष्ट्रेलियाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्वारका लागि विशेषज्ञ टोली पठाउने भएको छ । अष्ट्रेलिया सरकारले १५ सदस्यीय विपद् सहायता प्रतिक्रिया टोली अन्तर्गत ड्रोन विशेषज्ञहरू नेपाल पठाउन लागेको अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङले जानकारी दिएकी हुन् ।
उनका अनुसार टोलीमा फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्स तथा क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसमेत रहनेछन्।
यसअघि नै संकट व्यवस्थापनका लागि १९ जना अष्ट्रेलियाली कर्मचारी नेपाल आइसकेका छन्। भोटेकोशी बाढीमा परेर ३८ अष्ट्रेलियाली नागरिक बेपत्ता छन् ।




















