काठमाडौं असार २१
असार २८ गते प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आउने भएको छ ।असार ९ गतेदेखि जारी बहस आज सकिएपछि इजलासले २८ गते फैसला सुनाउने भएको हो । मुद्दालाई २८ गतेका लागि हेर्दाहेर्दैमा राखिएका कारण इजलासले फैसाला सुनाउने भनेर प्रत्यक्ष नभने पनि सोही दिन फैसला सुनाउने विश्लेषण गरिएको हो ।
सुनुवाइको आज अन्तिम दिन रिट निवेदकका तर्फबाट तीन जनाले जवाफी बहस गरेका थिए भने चार जना एमीकस क्यूरीले आफ्ना राय दिएका थिए ।प्रधानन्यायाधीस राणाको नेतृत्वमा वरिष्ठ न्यायाधीसहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भएको छ ।
सबैको बहस र राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको पेशी हेर्दाहेर्दैमा असार २८ गतेका लागि तोकेका छन् ।




















