काठमाडौं,२३ असार
लगातार २ दिन सम्म बिना निष्कर्श टुँङ्गिएको नेकपा एमाले कार्यदलको बैठक आज भने सकारात्मक छलफल भएर टुँङ्गिएको छ । आज बिहान बसेको कार्यदलको बैठके सकारात्मक छलफल भएको भन्दै भोली सम्मका लागि स्थगित भएको छ । दोस्रो तहका नेताहरु लगातार तीनदिन देखि सिंहदरबारमा छलफलमा पार्टी भित्र देखिएको विवाद समाधानका लागि जुटेका छन् । निश्क्रिय रहेको कार्यदल ब्युँतिएसँगै ओली पक्षको अडान निष्क्रिय बनेको छ भने नेपाल पक्षको अडान अझै जारी रहेको छ ।




















