काठमाडौं, २३ असार
एमालेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।माओवादी पार्टी परित्याग गरी एमालेको केन्द्रीय कमिटीमा सामेल भएका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्र खारेजीको माग गर्दैै आयोग पुुगेका हुन हुन् ।उनीहरुले आयोगमा माओवादी केन्द्र अवैध भएको दाबी पेश गर्न लागेका छन् । लिलबहादुर थापा, रामचन्द्र मण्डल, टेबहादुर बलमपाखी, दधिराम न्यौपाने, टंक आङबुहाङ लगायतका पूर्वमाओवादी नेताहरु आयोग पुगेका हुन्। उनीहरुले आयोगका पदाधिकारी समक्ष माओवादी केन्द्र असंवैधानिक भएको दाबी गरेका छन् । उनीहरुले एमालेको स्थायी कमिटीमा रहेका नेताहरुले प्रचण्ड नेतृत्वको माओवादीले २०६९ सालदेखि महाधिवेशन नगरेको आरोप लगाएका छन् ।




















