बुटवल, असार २८ गते
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको आदेश जारी भएसँगै मुख्यमन्त्री पोख्रैलले सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिदैं सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका हुन । उनले सामाजिक सञ्जालमार्फत अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुग्ने बताएका छन् ।




















