काठमाडौँ
प्रधानमन्त्रीबाट विदा हुनु अघि केपी शर्मा ओलीले देशवासीका नाममा आज सम्बोधन गर्ने भएका छन् । आज दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । त्यस अघि दिउसो १ बजे ओलीले एमालेको स्थायी कमिटिको बैठक बोलाएका छन् ।
बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलले बुझाएको १० बुँदे सहमति लगायतका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।




















