लुदअ,काठमाडौं ,२९ असार
प्रधानमन्त्रीबाट बाहिरिँदै जाँदा देशबासीका नाममा सम्बोधन गर्दै ओलीले अदालतको अपव्याख्याले संविधानको संशोधन गरिएको दाबी गरेका छन ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले दलीय प्रणालीको आधारभूत प्रस्तावनालाई चुनौती दिएको बताएका छन् ।ओलीले अदालतले राजनीतिक मुद्दामा प्रवेश नगर्ने विगतको नजिरलाई भत्काएको आरोप लगाए । उनले भने, ‘अत्याधिक न्यायिक सक्रियतामा मागै नगरिएका विषयमा समेत हात हालेर नत गन्तव्यमा पुगिन्छ, न त हात हाल्नेहरुले त्यसको भारी बोक्ने सामथ्र्य राख्न सक्छन् ।’ओलीले आफुलाई आफ्नै साथीहरु र बाहिरबाट पुरै असहयोग भए पनि जनताको पक्षमा धेरै काम गरेको दाबी गरे ।
संविधानको धारा ७६ को उपधारा ५ को गरिएको व्याख्याप्रति तिब्र असन्तुष्टि जनाउँदै ओलीले सरकार बनाउन दलीय ह्वीप नलाग्ने संवैधानिक इजलासको फैसला गम्भीर भएको बताए । ओलीले राजनीतिक दलको घोषणापत्र, चुनावचिन्हमा मत पाएर जनताले जिताको जनप्रतिनिधिले आफुखुशी भोट हाल्न पाउने व्यवस्था दलीय राजनीतिक मूल्य र मान्यता भन्दा विपरित भएको बताएका छन ।
ओलीले संविधानको अपव्याख्या गर्दा राजनीतिक संस्कारमा विकृति थपिने बताए । उनले राजनीतिक विषयको फैसला गर्ने मुख्य जिम्मेवारी दलहरुको भएको बताए ।ओलीले खास खास पक्षले हप्ता अघि नै अदालतबाट के निर्णय हुँदैछ भन्ने थाहा पाउँछन् भने त्यस्ता संस्थाप्रति जनताको विश्वास टुट्ने बताए । राज्यका अंहरुमाथि जनताको विश्वास उठ्यो भने त्यसको दुस्परिणाम गम्भीर बन्ने उनले चेतावनी दिए ।ओलीले जनताको भारी मतले आफु प्रधानमन्त्रीमा नियुक्त भए पनि अदालतको परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पनि बताएका छन ।




















