लुदअ,काठमाडौँ आषाढ २९सर्वोच्च अदालतको आदेश अनुसार आज मंगलबार प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।कांग्रेसका एक पदाधिकारीका अनुसार देउवाले कांग्रेसबाट एक, माओवादीबाट एक र जसपाबाट एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् ।कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की वा बालकृष्ण खाँडलाई मंगलबार मन्त्री बनाउने मनशाय देउवाले व्यक्त गरेका छन् । उहाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग पनि यसबारे छलफल गरेको देउवानिकट स्रोतले जानकारी दिएको छ ।




















