लुदअ ,काठमाडौं साउ(न १
नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ ।आज बसेको एमाले स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारलाई समर्थन नदिने र विवाद समाधानका लागि गठिन कार्यदलको १० बुँदे सहमती अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
बैठकपछि बोल्दै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्न सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको बताए ।‘लोकतान्त्रिक र अस्वस्थ विधिबाट गठन भएको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने प्रष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ ।’ उनले भने ।यसका साथै सहमती कार्यान्वयपश्चात उक्त कार्यदल स्वत खारेज हुने समेत बताइएको छ ।




















