लुदअ , काठमाडौं साउन २
नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक सोमबार बोलाएको छ । सोमबार बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको सभाकक्षमा बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् । बैठकमा उपस्थितिको लागि माधव नेपाल पक्षका सहित सबै केन्द्रीय सदस्यलाई सूचना पठाइएको छ
शुक्रबार मात्र स्थायी कमिटी बैठक बसेको एमालेले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्न आइतबार फेरि स्थायी कमिटी बैठक पनि बोलाएको छ । अहिलेकै अवस्थामा आइतबारको स्थायी कमिटी बैठक र सोमबारको केन्द्रीय कमिटी बैठकमा माधव पक्ष उपस्थित हुने नहुने प्रष्ट देखिएको छ । तर, विवाद समाधान कार्यदल भंग भएपनि एमालेका दुवै समुहका दोस्रो तहका नेताहरु अनौपचारिक छलफल गरिरहेका छन् ।




















