लुदस,काठमाडौं ,साउन १६
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा मन्त्रिपरिषद् पूर्णता दिनेबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । कुन मन्त्रालय कसलाई दिनेबारे वा पावर शेयरिङबारे दलहरुबीच सहमति भइनसकेकाले दुई नेताले सो विषयमा छलफल गरेको स्रोतले बताएको छ ।




















