काठमाडौं ,साउन २४
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता र गठबन्धनको कार्यदलबीच संयुक्त छलफल अहिले जारी रहेको छ । आज सार्वजनिक गर्न लागिएको सरकारको साझा न्यूनतम कार्यक्रमका विषयमा गठनबन्धनका नेताहरुबीच छलफल भएको हो । हाल जारी छलफलबाट कार्यदलले तयार पारेको प्रतिवेदनमाथि अन्तिम निस्कर्ष निकालिने छ ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु र कार्यदल सदस्यहरु सहभागी रहेका छन् ।




















