बुटवल , साउन २५
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै एमालेका सांसदहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।लिला गिरी लगायतका सांसदहरुले आज सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
एमालेले प्रदेशप्रमुखले संविधान विपरित अधिवेशन बोलाएको र अविश्वासको प्रस्तावमाथि छलफल अघि बढाउन खोजेको आरोप लगाएको छ । प्रदेश प्रमुखले संविधानसंग बाझिने गरी एकल बहुमतको सरकार विरुद्ध दुई वर्ष नवित्दै अविश्वासको प्रस्ताव अघि बढाएका कारण अदालत जानु परेको एमाले सांसदहरुले दाबी गरेका छन् ।
यसअघि गत शुक्रबार पनि विशेष अधिवेशन आह्वान विरुद्ध रिट दायर गर्न खोजिएको थियो । अधिवक्ता प्रवेश केसीले रिट दर्ता गर्न खोजे पनि सर्वोच्च प्रशासनले हकदैया नहुने भन्दै सो रिट दरपीठ गरिदिएको थियो । तर, आज हकदैया लाग्ने एमालेका सांसदहरुले रिट दर्ता गरेका छन् ।रिटको पेशी मंगललबारलाई चढेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताएका छन् ।




















