काठमाडौं ,भदौँ १४
दल विभाजनमा सहभागी नेकपा एमालेले नहुन प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलार्य निर्देशन दिएको छ ।एमालेले अन्तरपाटी निर्देशिका अपानी जारी गर्दै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रको निर्णय कार्यान्वयन गर्दै दल विभाजनमा सहभागीनहुन निर्देशन दिएको हो ।
अपानीमा भनिएको छ, २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’
अपानीमा थप भनिएको छ, ‘अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’




















