काठमाडौं ,भदौँ १७
नेपाली कांग्रेसले वडा अधिवेशन भदौ २६ गतेसम्म सक्ने भएको छ ।कांग्रेसले सबै जिल्लामा भदौ १८ गते वडा अधिवेशन गर्ने कार्यतालिका बनाए पनि एकैसाथ सम्पन्न नहुने देखिएपछि २६ गतेसम्म सक्ने योजना बनाएको हो ।
क्रियाशील सदस्यताको सूची प्रकाशित हुन ढिलाइ भएका कारण कतिपय वडाको अधिवेशन प्रभावित भएको हो । भदौ २७ गते गाउँ र नगर अधिवेशन हुने भएका कारण त्यसअघि सबै वडाको अधिवेशन सक्ने कांग्रेसले अपेक्षा गरेको छ ।
कांग्रेसले किस्ता किस्तामा नामावली प्रकाशित गर्दै आएको छ। नामावलीको सूची प्राप्त नहुँदा २१ जिल्लाले वडा तहको अधिवेशनको मिति तोक्न सकेका छैनन्।
सूची प्रकाशित भएका जिल्लामा समेत सबैमा एकैपटक भदौ १८ मा वडा अधिवेशन नहुने भएको छ। दुई दिनअघि सूची प्रकाशित भएको बागलुङले भदौ २१ मा वडा अधिवेशन गर्ने भएको छ।




















