जनकपुरधाम ,भदौँ १७
प्रदेश २ प्रदेशसभाका १० जना एमाले सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।उनीहरुले आज जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादी दल रोजेको सनाखत गराएका हुन।
एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, प्रमोद यादव, रवीन्द्र बैठा, गोविन्दबहादुर न्यौपाने, हसिमा खातुन, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, नागेन्द्र राय यादव र मनोज सेन श्रीवास्तव छन् ।




















