बुटवल ,भदौ २८
रुपन्देहीको सैनामैनाबाट राष्ट्रिय परिचय पत्र वितरण अभियानका सुरु भएको छ। जिल्लाका सबै स्थानीय तहमा संचालन हुने अभियानको सुरुवात बाट सैनामैना नगरपालिकाबाट सुरुवात भएको हो।आज सैनामैनामा सबै वडाका जनप्रतिनिधि र रुजु अधिकारीहरुलाई अभिमुखीकरण र आवश्यक निर्देशन दिईएको छ। सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले अभियानमा छानिएका रुजु अधिकारीहरुले बिना भेदभाव र सबैलाई समान रुपमा आवश्यक ुडाटाु लिन निर्देशन दिएका छन्।
सेवा लिन आउँदा जान्ने नजान्ने सबै प्रकारका नागरिकहरु आउने भएकाले कसैसंग पनि बिना झर्को मानी सेवा प्रवाह गर्न समेत कार्कीले रुजु अधिकारीहरुलाई उनले आग्रह गरे।नागरिकको परिचय प्रमाणिकरणको डिजिटल समाधान सहित आगामी दुई वर्षभित्र १६ वर्ष नाघेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य सहित यो अभियान सुरु गरिएको हो। प्रत्येक पालिकाका प्रत्येक वडामा टोली खटाएर राष्ट्रिय परिचय पत्रको लागी विवरण संकलन गरिने छ।




















