काठमाडौँ ,भाद्र,३१
सत्तापक्ष र प्रतिपक्षको असमझदारीका कारण सरकारी खर्च गर्ने बाटो बन्द भएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सटडाउनको अवस्था आएको छ । सरकार र प्रतिपक्षबीच लामो समय राजनीतिक असमझदारी कायम रहँदा आर्थिक सटडाउनको अवस्था आएको हो ।
आजबाट सरकारले कर असुल गर्न पाउने भए पनि खर्च गर्ने ढोकाहरु बन्द भएका छन् । बजेट आउन नसकेकै कारण स्वयम सांसद, कर्मचारीदेखि प्रधानमन्त्रीसम्मको तलब रोक्का भएको छ ।लागातार संसद अवरोधका कारण प्रतिनिधिसभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास गर्न नसक्दा बिहीबारबाट सरकारी खर्च गर्ने बाटो बन्द भएको हो ।
पूर्ववर्ती ओली सरकारले ल्याएको बजेट अध्यादेश साउन ३ गतेको संसद् बैठकमा पेस भएकोमा पेश भएको ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नुपर्ने बाध्यात्मक ब्यवस्था भएपनि प्रतिपक्षको संसद अवरोध र सत्तापक्षको संसद सुरुचारु गराउने तत्परता नदेखिँदा विधेयक संसदबाट पास हुन नसकेका कारण सरकारले खर्च गर्ने बाटो बन्द भएको हो ।




















