काठमाडौँ , असोज ४
एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ ।एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्व गठन भएपछि पहिलोपटक समाजवादीले केन्द्रीय कमिटि बैठक बोलाएको हो।
बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा सहभागिता र संगठन विस्तारबारे छलफल हुने कार्यसूची रहेको जानककारी दिइएको छ ।




















