काठमाडौँ,आश्विन १६
नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन । शनिवार काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने सपष्ट पारे ।
कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन, हामीमा दम छ, हामी एक्लै चुनाव लड्छौं । अहिलेकै अवस्थामा कांग्रेसले देशको नेतृत्वको गर्न नसक्ने भन्दै पार्टीभित्र शुद्धीकरण आवश्यक भएको उनको भनाइ छ ।




















