काठमाडौं,कार्तिक ५
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको देशभरका करिव ६ हजार वडा अधिवेशनको एकैपटक उद्घाटन गर्ने भएका छन् ।शनिबार हुन गइरहेको अधिवेशनको अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट एक साथ उद्घाटन गर्न लागेका हुन् ।
एमाले केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘वार रुम’ बाट अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । साढे दुई लाख कार्यकर्ता प्रत्यक्ष रुपमा भर्चुअल माध्यमबाट सहभागिता जनाउने तामाङले दाबी गरे ।


















