काठमाडौं , कार्तिक ११
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेशप्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ ३० बजे मुख्यमन्त्री पाण्डेलाई शपथ दिलाएका हुन् ।
पाण्डेसँगै माओवादी केन्द्रबाट कुमारी मोक्तान, कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको सपथ लिएका छन् ।
मोक्तान समाजिक विकास मन्त्री, भँडेल भौतिक पूर्वाधार मन्त्री र खनाल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्लले हिजो पदबाट राजीनामा दिएपछि गठबन्धन दलहरुको तर्फबाट पाण्डेले ५९ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।




















