काठमाडौं , कात्तिक १५
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेका छन् ।मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका हुन् ।प्रदेशसभामा बहुमत गुमाएका मुख्यमन्त्री आचार्यले आज प्रदेशसभा बैठकबाट राजीनामा दिएका हुन् ।
विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आचार्य विरुद्ध एकजुट भएका छन् ।विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।
प्रदेश १ प्रदेशसभामा सभामुखसहित ९२ सांसद रहेका छन् । बहुमतका लागि ४६ मतको आवश्यक पर्छ । एमालेका ४१ सांसद रहेका छन् ।
यसैगरी,कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना प्रदेश सांसद छन् । एमालेका एक जना सांसद गुलेफुन खातुन कीर्ते अभियोगमा फरार रहेका छन् ।




















