ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एमसीसीको विपक्षमा उभिन ओली माथि चर्को दबाब

Lumbini Darpan 2 २०७८ फाल्गुन ३, मंगलवार १७:२६
[sharethis-inline-buttons]

लुदअ ३ फागुन, काठमाडौं
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी नेकपा एमाले अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा उभिन सक्ने संकेत दिएका छन् । मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले एमालेकै कारण एमसीसी अनुमोदन हुन नसक्ने परिस्थिति बन्न लागेको संकेत गरे ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी अनुमोदन गर्ने षडयन्त्र भइरहेको भन्ने अभिव्यक्ति दिनुले एमालेको भूमिका बदलिन सक्ने देउवाको अनुमान थियो । उनले बैठकलाई सम्बोधन गर्दा नै भट्टराईको नाम उल्लेख गरेका थिए । कांग्रेस बैठकले भने एमसीसी संसद‍्मा टेवल गर्ने र अनुमोदन गराउने निर्णय गरेको छ ।

‘तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दर्ता गर्नुभएको प्रस्ताव पारित गरौं भनेर हामी भनिरहेका छौं । त्यही दलको प्रमुख सचेतक चाहिँ प्रस्ताव पारित गराउने षड्यन्त्र भएको छ भनिराख्नुभएको छ । यसलाई हामीले कसरी बुझ्ने’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्रीको भनाइ उध्दृत गर्दै महामन्त्री गगनकुमार थापाले सञ्चारकर्मीहरूसँग भने ।

सरकारले भोलि ४ फागुनमा बस्ने प्रतिनिधिसभा बैठकमै एमसीसी पेश गर्ने तयारी गरेकाले पक्षमा उभिने कांग्रेसले निर्णय गरेको छ । एमालेले भने अहिलेसम्म एमसीसीबारे औपचारिक रुपमा केही निर्णय गरेको छैन ।

जबकि आफ्नो नेतृत्वमा सरकार रहेका बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन गराउन निकै जोडबल गरेका थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुनुको एक कारण एमसीसी पनि थियो । ओली अनुमोदनको पक्षमा थिए भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरू संशोधनबिना अनुमोदन गराउन नहुने पक्षमा थिए । अहिले प्रचण्ड र माधव नेपाल अलग–अलग दलका नेता छन् । दुवै एमसीसीको विपक्षमा छन् ।

कांग्रेस पहिलेबाटै एमसीसी अनुमोदनको पक्षमा छ । तिनै कांग्रेस नेतृत्वको सरकारले एमसीसी संसद‍्मा पेश गर्ने अन्तिम समयमा भने ओलीले प्रष्ट निर्णय लिन सकेका छैनन् । आइतबार बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकमा पनि एमसीसीबारे एमाले सांसदहरूले प्रश्न उठाएका थिए ।

‘चोलेन्द्रशमशेर जबरा र एमसीसी बोकेर कसरी एमाले चुनावमा जान सक्छ रु यसबारे प्रष्ट भएर हुनुपर्छ’, स्थायी कमिटी सदस्य घनश्याम भूसालले प्रश्न गरेका थिए । अर्का नेता भीम रावलले त एमसीसी राष्ट्रहित विपरीतको परियोजना भएकाले संसदीय दलमा कार्यसूची बनाएर छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

भूसाल र रावललाई ओलीले प्रष्ट जवाफ दिएनन् । चोलेन्द्र बोक्ने मनसाय नभएको जवाफ दिएका ओलीले एमसीसीबारे छोटो जवाफ दिए – उचित समयमा उपयुक्त निर्णय लिइनेछ ।

त्यो उपयुक्त निर्णय एमसीसीको पक्ष वा विपक्षमा हुने भन्ने निर्णय ओलीले गरेका छैनन् । ‘एमसीसी पारित गराउने, गठबन्धन जोगाउने र स्थानीय चुनावमा एमालेलाई कमजोर बनाउने दुस्प्रयास भइरहेको छ । त्यो सफल हुन दिइँदैन’, ओली निकट एक नेता भन्छन् । ती नेता, बदलिएको राजनीतिक कोर्समा आवश्यक परे एमाले एमसीसी अनुमोदनको विपक्षमा उभिन सक्ने बताउँछन् ।


प्रकाशित : २०७८ फाल्गुन ३, मंगलवार १७:२६

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech