लुदअ, कपिलवस्तु
नेपाली काँग्रेस कपिलवस्तुका प्रभावशाली २ नेता एमाले प्रवेश सँगै बुद्धभूमि र महाराजगन्ज नगरपालिकामा हुने स्थानीय निर्वाचनमा काँग्रेसलाई सकस हुने देखिएको छ । मंगलबार नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का क्षेत्रिय सचिव गंगेशनाथ तिवारी र महाराजगन्ज नगरपालिका वडा नम्बर ११ का अध्यक्ष जगदिश तिवारी एमाले प्रवेश गर्नु भएको छ ।
युवा नेता गंगेशनाथ तिवारी महाराजगन्ज नगरपालिकामा मात्र नभई बुद्धभूमि नगरपालिकाको वडा नं. ६,७ र ८ मा समेत प्रभाव रहेको छ । आजिवन राजनिती गर्दै आएका तिवारी परिवारको एमालेमा इन्ट्रीलाई लिएर नेपाली काँग्रेसमा समेत चर्चाको विषय वनेको छ । काँग्रेस प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको विश्वासनीय पात्र समेत रहेको गंगेशनाथ तिवारी शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष समेत हुनु हुन्छ ।




















