ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाको उप मेयरमा थारुको उम्मेद्वारी किन ? यस्ता छन् प्रतिवद्धता

Lumbini Darpan 2 २०७९ बैशाख १९, सोमबार ०७:५४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सम्पुर्ण महिलाहरुको प्रतिनिधित्व गर्दै रीता थारु चुनावी मैदानमा उत्रीनुभएको छ । नेकपा एमालेको तर्फबाट बाणगंगाको उप मेयरको उम्मेद्वारको रुपमा थारुको उम्मेद्वारी रहेको छ । समृद्ध नगर सुखी नगरवासी बनाउने प्रतिवद्धताका साथ उम्मेद्वारी दिएको उहाँले बताउनुभयो ।

वि.स. २०४१ सालमा बाणगंगा वडा नं. २ पिपरामा जन्मिनुभएकी थारु सामान्य परिवारमा जन्मिनुभएको हो । सामान्य परिवारमा जन्मिनुभएकी थारु २०५२ साल देखिनै पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुमा संगठित भई राजनितिमा होमिनुभएको हो । हाल बाणगंगा नगरपालिका वडा नं. ६ मनोहरापुर बसोवास गर्दै आउनुभएकी थारु करिव १४ बर्ष सामाजिक क्षेत्रमा काम गर्नुभयो । विभिन्न सामाजिक संघ सस्था, सामुदायिक वन, महिला सहकारीमा आवद्ध भई महिला, बालवालिका, ज्येष्ठ नागरिक तथा विपन्न परिवारको सामाजिक तथा आर्थिक समृद्धिका लागि अहम भुमिका खेल्नुभएको थियो ।

वि.स. २०६३ सालमा पार्टी सदस्यता लिनुभएकी थारु जिल्ला सदस्य हुंदै अनेमसंघ जिल्ला सदस्यमा एक कार्यकाल खानुभयो । १० बर्ष पार्टीको जिल्ला कमिटि सदस्य भई जिम्मेवार सम्हाल्नुभएकी थारु २०७४ सालको संसदीय चुनावमा समानुपातिक उम्मेद्वारको रुपमा सक्रियताका साथ लाग्नुभयो ।

बाणगंगाको उप मेयरमा उम्मेद्वारी किन भन्ने प्रश्नमा थारुले महिला, बालवालिका, ज्येष्ठ नागरिक, विपन्नको जिवनस्तर उकास्न तथा वालवालिको पोषण सुनिश्चित एवम् ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता वृद्धिका लागि उपमेयरमा उम्मेद्वारी रहेको बताउनुभयो ।
विपन्न महिलाहरुका लागि प्रसतुी सेवामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, नगरमै स्तरीय बर्थिङ सेन्टर सञ्चालन गर्ने, उच्च शिक्षाको प्राविधिक विद्यालय तथा छात्रवृत्ति प्रदान गर्ने, महिला सम्बन्धी विभिन्न सचेतनामुलक तालिम तथा चेतनामुलक कार्यक्रम मार्फत सचेत गराई महिलाहरुको क्षमता विकास गराउनमा आफ्नो अहम भुमिका रहने बताउनुभयो ।

थारुले मजदुरहरुको हक अधिकार अनुसारको पारिश्रमिक सुनिश्चित गर्ने, एक घर एक धारा खानेपानीको ब्यबस्था गर्ने, बाटाघाटा स्तरउन्नती तथा कालोपत्रे गर्ने, ढल निकास, नहर सिंचाईको ब्यबस्था तथा रोजगारको अवसर सिर्जना गरि महिलाहरुलाई विशेष अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै अर्को महत्वपुर्ण पक्ष अपांगता भएका व्यक्ति, दलित, महिला, गर्भवती महिला, अशक्त, जनजाती, थारु समुदाय सम्पुर्णलाई समावेश गर्दै लक्षित वर्गका विभिन्न कार्यक्रम सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

त्यसैगरी राजापनीमा नगरस्तरीय थारु संग्रालय निर्माण गर्ने बताउदै मौसमी तथा बेमौसमी तरकारीका लागि पकेट क्षेत्रको विकास गर्ने बताउनुभयो । त्यस्तै विपद ब्यबस्थापनमा ध्यान दिने, शवदह निर्माणका लागि पहल गर्नुका साथै राजापानी, मधुवनधाम, कपिलधाम लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र संवद्र्धनका लागि अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित : २०७९ बैशाख १९, सोमबार ०७:५४

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech