ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वडाका काठे पुल हटाउने पहिलो प्राथमिकता: वडाध्यक्षका उम्मेद्वार पोख्रेल

Lumbini Darpan 2 २०७९ बैशाख २०, मंगलवार १७:४२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
विकासका दृष्टिले बाणगंगामै पछाडी परेको वडा नं. १० लाई समृद्ध वडाको खाका तयार पार्ने लक्ष्यका साथ वडाध्यक्ष पदका उम्मेद्वार यम प्रसाद पोख्रेल चुनावी मैदानमा उत्रिनु भएको छ । विगतका जनप्रतिनिधिहरुले वडाको विकासमा चासो नदेखाएका कारण आफुले उम्मेद्वारी दिएको उहाँले बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट बाणगंगा नगरपालिका वडा नं.१० का वडाध्यक्ष पदका उम्मेद्वार पोख्रेलले विकासका दृष्टिले पछाडी परेको वडालाई भौतिकसंगै सामाजिक रुपान्तरणमा अगाडि लैजाने दृढताका साथ उम्मेद्वारी दिएको बताउनुभयो ।

विद्यार्थीबाटै राजनीतिमा लाग्नुभएका पोख्रेल पार्टीका विभिन्न संगठनमा रही आफ्नो जिम्मेवारी कुशलतापुर्वक पुरा गर्दै पाका समाजसेवीको रुपमा परिचित हुनुहुन्छ भने टोल, वडा, ईलाका हुंदै अहिले पार्टीको जिल्ला कमिटि सदस्य हुनुहुन्छ । पञ्चायती ब्यवस्था होस् वा बहुदल पछिको २०४६ सालको आन्दोलन होस् सशक्त रुपमा आन्दोलन गर्दै समाज परिवर्तनमा विशेष योगदान गर्नुभएका पोख्रेलले पछाडी परेको वडाको मुहार फेर्ने लक्ष्य रहेको बताउनुभयो ।

वडामा अझै पनि फराकिला तथा कालोपत्रे सडक नभएकाले वडावासीलाई समस्या भईरहेको अवस्थामा यसलाई समाधान गर्न आफु लागिपर्ने बताउनुभयो । त्यस्तै वडामा अझै पनि काठेपुल रहेकाले आफु वडाध्यक्षमा निर्वाचित भईसके पछि काठेपुल हटाउने आफ्नो पहिलो प्राथमिकता रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडाको सडक, धार्मिक तथा पर्यटन प्रवद्र्धन, शिक्षा क्षेत्र, स्वास्थ्य, कृषि लगायत धेरै विकासका काम गर्न बाँकी रहेको बताउदै पोख्रेलले वडाको समग्र विकास गर्नुपर्नेमा जोड दिनुभयो । भौगोलिक रुपमा ठुलो भएकाले एकिकृत विकास गर्दै आफ्नो कार्यकालमा पछाडी परेको वडालाई ईमान्दारीताका साथ विकसित तुल्याउने बताउनुभयो ।

मतदाताहरुसंग भेटघाट तथा घरदैलो गर्दै घरघर पुग्नुभएका पोख्रलले वडा नं. १० को पटना क्षेत्रका स्थानीय कृषिमा आश्रित रहेकाले कृषकहरुका लागि कृषि सामग्री, मल, औजार लगायतका सामग्री प्रदान गरि कृषिमा आत्मनिर्भर वडा बनाउनेमा जोड दिनुभयो । त्यस्तै पोख्रेलले वडामा सुकुम्वासी समस्या समाधान, उच्च शिक्षाका लागि विशेष पहल, स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउनका लागि आफुले विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै बाणगंगाकै सबैभन्दा विकास निर्माणमा पछाडि परेको वडा नं. १० पट्नामा एमालेको घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ । सोहि क्रममा आज पट्नाको मिलनचोकमा कोणसभा भएको छ । कोणसभामा बोल्दै एमाले कपिलवस्तुका उपाध्यक्ष विश्राम प्रसाद थारुले एमालेले नजित्दा ५ बर्षमा वडामा विकास निर्माणका काम अधुरै रहेको बताउनुभयो ।


प्रकाशित : २०७९ बैशाख २०, मंगलवार १७:४२

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech