ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वडाका काठे पुल हटाउने पहिलो प्राथमिकता: वडाध्यक्षका उम्मेद्वार पोख्रेल

Lumbini Darpan 2 २०७९ बैशाख २०, मंगलवार १७:४२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
विकासका दृष्टिले बाणगंगामै पछाडी परेको वडा नं. १० लाई समृद्ध वडाको खाका तयार पार्ने लक्ष्यका साथ वडाध्यक्ष पदका उम्मेद्वार यम प्रसाद पोख्रेल चुनावी मैदानमा उत्रिनु भएको छ । विगतका जनप्रतिनिधिहरुले वडाको विकासमा चासो नदेखाएका कारण आफुले उम्मेद्वारी दिएको उहाँले बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट बाणगंगा नगरपालिका वडा नं.१० का वडाध्यक्ष पदका उम्मेद्वार पोख्रेलले विकासका दृष्टिले पछाडी परेको वडालाई भौतिकसंगै सामाजिक रुपान्तरणमा अगाडि लैजाने दृढताका साथ उम्मेद्वारी दिएको बताउनुभयो ।

विद्यार्थीबाटै राजनीतिमा लाग्नुभएका पोख्रेल पार्टीका विभिन्न संगठनमा रही आफ्नो जिम्मेवारी कुशलतापुर्वक पुरा गर्दै पाका समाजसेवीको रुपमा परिचित हुनुहुन्छ भने टोल, वडा, ईलाका हुंदै अहिले पार्टीको जिल्ला कमिटि सदस्य हुनुहुन्छ । पञ्चायती ब्यवस्था होस् वा बहुदल पछिको २०४६ सालको आन्दोलन होस् सशक्त रुपमा आन्दोलन गर्दै समाज परिवर्तनमा विशेष योगदान गर्नुभएका पोख्रेलले पछाडी परेको वडाको मुहार फेर्ने लक्ष्य रहेको बताउनुभयो ।

वडामा अझै पनि फराकिला तथा कालोपत्रे सडक नभएकाले वडावासीलाई समस्या भईरहेको अवस्थामा यसलाई समाधान गर्न आफु लागिपर्ने बताउनुभयो । त्यस्तै वडामा अझै पनि काठेपुल रहेकाले आफु वडाध्यक्षमा निर्वाचित भईसके पछि काठेपुल हटाउने आफ्नो पहिलो प्राथमिकता रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडाको सडक, धार्मिक तथा पर्यटन प्रवद्र्धन, शिक्षा क्षेत्र, स्वास्थ्य, कृषि लगायत धेरै विकासका काम गर्न बाँकी रहेको बताउदै पोख्रेलले वडाको समग्र विकास गर्नुपर्नेमा जोड दिनुभयो । भौगोलिक रुपमा ठुलो भएकाले एकिकृत विकास गर्दै आफ्नो कार्यकालमा पछाडी परेको वडालाई ईमान्दारीताका साथ विकसित तुल्याउने बताउनुभयो ।

मतदाताहरुसंग भेटघाट तथा घरदैलो गर्दै घरघर पुग्नुभएका पोख्रलले वडा नं. १० को पटना क्षेत्रका स्थानीय कृषिमा आश्रित रहेकाले कृषकहरुका लागि कृषि सामग्री, मल, औजार लगायतका सामग्री प्रदान गरि कृषिमा आत्मनिर्भर वडा बनाउनेमा जोड दिनुभयो । त्यस्तै पोख्रेलले वडामा सुकुम्वासी समस्या समाधान, उच्च शिक्षाका लागि विशेष पहल, स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउनका लागि आफुले विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै बाणगंगाकै सबैभन्दा विकास निर्माणमा पछाडि परेको वडा नं. १० पट्नामा एमालेको घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ । सोहि क्रममा आज पट्नाको मिलनचोकमा कोणसभा भएको छ । कोणसभामा बोल्दै एमाले कपिलवस्तुका उपाध्यक्ष विश्राम प्रसाद थारुले एमालेले नजित्दा ५ बर्षमा वडामा विकास निर्माणका काम अधुरै रहेको बताउनुभयो ।


प्रकाशित : २०७९ बैशाख २०, मंगलवार १७:४२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech